पूर्व मिस भेनेजुयलाको हत्या

काठमाण्डु टुडे २०७० पुष २४ गते १०:५५ मा प्रकाशित

monica-14पूर्व मिस भेनेजुयला मोनिका स्पीयर र उनको पति थोमस बेरीको डाँका समूहले गोली हानेर हत्या गरेको छ । गोली लागेर उनीहरुको आफ्नै कारभित्र मृत्यु भएको हो ।

आफ्नै कारमा चढेर मेरिडाबाट काराकस जाँदै गर्दा उनीहरुलाई लुटेरा समूहले गोली हानेर हत्या गरेको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

सन् २००४ को मिस भेनेजुयलाको उपाधी जितेकी मोनिकाले केही टेलिभिजन सिरियलमा पनि खेलेकी छन् ।

गोली लागेर उनीहरुको पाँच बर्षीया छोरी माया घाइते भएकी छन् । उनको अस्पतालमा उपचार भैरहेको छ । खुट्टामा गोली लागेर घाइते भएकी उनको अवस्था स्थीर रहेको चिकित्सकहरुले बताएका छन् ।

भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले शोक सन्देश जारी गर्दै आक्रमणकारीलाई कडा कारवाही गर्ने बताएका छन् ।

विपक्षी दलका नेता हेनरिक केप्रिकल्सले पनि सरकारसँग आफ्ना गम्भीर मतभेद भए पनि हत्याको विरुद्धमा मिलेर देशव्यापी अभियान चलाउन अपील गरेको बीबीसीले जनाएको छ ।

 

monica1

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us