भाकपा(माओवादी) प्रवक्ताले गरे आत्मसमर्पण

काठमाण्डु टुडे २०७० पुष २४ गते ८:५१ मा प्रकाशित

2012-03-05_4491_Naxalकाठमाण्डु, २४ पुस – भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का एक बरिष्ठ कमाण्डरले बुधबार प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । पार्टीको बरिष्ठ कमाण्डर तथा विशेष राज्यका प्रवक्ता वेङकटा कृष्ण प्रसादले विहान आन्ध्रप्रदेशको राजधानी हैदरावाद प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

गुडसा उसेन्डी नामले चिनिने उनले पत्नीसहित विशेष प्रहरी शाखामा आत्मसमर्पण गरेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

उनी केही समय अघिदेखि विरामी थिए । उपचारको लागि उडिसा जाँदै गरेको थाहा पाएपछि उनलाई पक्रन प्रहरीले चारैतिर घेराबन्दी गरेकोले बाध्य भएर आत्मसमर्पण गरेको हैदरावाद प्रहरीले जनाएको छ ।

आन्ध्र प्रदेशको वारंगल जिल्लाको काडीबेल्डी घर भएका कृष्ण प्रसाद ८० को दशकदेखि पीपुल्स वार ग्रुपमा सहभागी भएका थिए ।

उनको आत्म समर्पणबारे भारतीय कम्युनिष्ट पार्टीले कुनै प्रतिकृया जनाएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us