फेसबुकमाथि अमेरिकी अदालतमा मुद्दा

काठमाण्डु टुडे २०७० पुष २४ गते २:२१ मा प्रकाशित

Facebookकाठमाण्डु, २४ पुस–लोकप्रिय सामाजिक सञ्जाल वेभसाईट फेसबुकमाथि अमेरिकी अदालतमा मुद्दा परेको छ । प्रयोगकर्ताहरुको गोप्य सुचना बेचेको आरोपमा फेसबुकमाथि मुद्दा परेको हो ।

फेसबुकले विज्ञापनदाताहरुलाई आफ्ना प्रयोगकर्ताहरुका निजी सन्देशहरु बेच्ने गरेको आरोप लागेको छ । यसका साथै फेसबुक मार्फत प्रयोगकर्ताहरुले प्रेसित गर्ने गोप्य सूचनाहरुको निगरानी गर्ने गरेको आरोप पनि फेसबुक माथि लागेको छ । स्वतन्त्र अनुसन्धानहरु मार्फत फेसबुकमा गोप्य रुपमा पठाईएका लिंकहरु वेभ एक्टिभीटी अन्तरगत सार्वजनिक भएको पाईएपछि फेसबुकमा प्रयोगकर्ताहरुको गोप्यताको अधिकारमाथि प्रश्न उठ्न थालेको हो ।

अमेरिकाको आरकान्सासका म्याथ्यु क्याम्पबेल र आरेगनका माईकल होर्लेले फेसबुक विरुद्ध मुद्दा दायर गरेका हुन् । दायर मुद्दा हरेक प्रभावित प्रयोगकर्ताहरुले प्रभावित प्रत्येक दिन बापत एक सय डलर वा दश हजार डलर मध्ये जुन अत्यधिक हुन्छ क्षतिपूर्तिको रुपमा उपलब्ध गराउन माग गरिएको छ ।

फेसबुक माथिको मुद्दाले समाजिक सञ्जालहरुमाथि नै प्रश्न चिन्ह खडा गरेको छ । फेसबुकले भने आफूमाथि लागेको आरोप गलत नियतले लगाईएको जनाउँदै त्यसको प्रतिवाद गर्ने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us