
काठमाण्डु, पुस – युवतीहरु एक पटक प्रेममा धोका खाएपछि धेरै दुःखी हुन्छन्, त्यसपछि तत्काल दोस्रो अफेयर सुरु गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
उनीहरुले जव दोस्रो पटक पनि धोका खान्छन्, त्यसपछि पनि तत्कालै तेस्रो सम्बन्ध सुरु गर्छन् । डेली मेलले प्रकाशित गरेको सो रिपोर्ट अनुसार तेस्रो पटकमा मात्रै युवतीहरुले आफ्नो सपनाको राजकुमार पाउने गरेका छन् ।
रिसर्चमा यो पनि पाइएको छ कि, युवतीहरु जीवनमा दुई पटक लामो समयसम्म प्रेम सम्बन्धमा रहन्छन् र कम्तिमा १५ पुरुषका साथ किस गर्ने गर्छन् ।
सो रिसर्चका अनुसार प्रेम सम्बन्धलाई अघि बढाउने क्रममा युवतीहरु कैयन पटक डेटिङ जान्छन् त्यसमा कम्तिमा चार पटक रात्रीबास सहितको डेटिङ हुने गरेको छ ।
दुई हजारजना मानिसमा गरिएको अध्ययन अनुसार अधिकांश पुरुषहरु कम्तिमा २२ वर्षमा प्रेम सम्बन्धमा पर्ने गरेका छन् । १० वर्ष पहिले यो दर २० वर्ष थियो । रिपोर्टमा यो पनि उल्लेख छ कि, घरजम गर्नुभन्दा पहिले पुरुषहरु कम्तिमा ८ पटक अलग–अलग युवतीसँग डेटिङ जान्छन् ।
रिपोर्टका अनुसार एकजना महिलाको जीवनमा कम्तिमा ७ जना अलग–अलग सेक्स पार्टनर हुन्छन् भने पुरुषले आफ्नो जीवनमा कम्तिमा १० जनासँग सेक्स गर्ने गरेका छन् ।