२८ बर्षकी विन्दास दीपिका (फोटो फिचर)

काठमाण्डु टुडे २०७० पुष २२ गते ६:०९ मा प्रकाशित

dipikaबलीवुडकी सुन्दरी नायिका दीपिका पादुकोण अहिले २८ बर्ष पुगिन् । उनको जन्म ६ जनवरी १९८६ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । दीपिका महान ब्याडमिन्टन खिलाड़ी प्रकाश पादुकोणकी जेठी छोरी हुन् । दीपिकाकी बहनीको नाम अनिशा हो । १७ बर्षको उमेरमा पहिलोपटक दीपिका मोडलको रुपमा र्याम्पमा उत्रिएकी थिइन् । २००५ मा दीपिकालाई बर्षको सर्वश्रेष्ठ मोडेलको उपाधी पनि हात पर्यो । दीपिकाले २००६ मा ‘ऐश्वर्या’ (कन्नड फिल्म) बाट डेब्यू गरेकी थिइन् ।

‘ओम शान्ति ओम’ बाट बलीवुडमा कदम राखिन् । दीपिकाले किङ्गफिशर फेशन अवार्ड पनि जितेकी छन् । उनले सन् २००६ मा ‘फिमेल मोडल अफ द ईयर’ र ‘फ्रेस फेस अफ द ईयर’को उपाधी पनि हात पारिन् ।

मोडलिङ करियरमा उनी लिरिल साबुन, डाबर लाल दन्त मंजन, क्लोज अप टूथपेस्ट र लिमका जस्ता ब्रान्डका बिज्ञापनमा पनि देखिएकी छन् । सन् २००९ मा पुरुषहरुको लाइफस्टाइल पत्रिका ‘एफएचएम’ले दीपिका पादुकोणलाई विश्वको सबैभन्दा सेक्सी महिला चुनेको थियो । बलीवुडमा आफ्नो अलग पहिचान बनाइसकेकी दीपिकाका केही ग्लामरस तस्विरहरु हेरौं–

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us