किन गरिन्छ किस ?

काठमाण्डु टुडे २०७० पुष २२ गते ५:५१ मा प्रकाशित

kiss‘किस’ अर्थात चुम्बनको मायामा महत्वपूर्ण स्थान छ । बुढाबुढी, बच्चाबच्ची, युवायुवती सबैले एक अर्कालाई चुम्बन गर्छन् । तर किन गरिन्छ त ‘किस’ ? सायद यसको कारण कमैलाई थाहा होला ।

एक अध्ययनको अनुसार आफ्नो साथीप्रति तपाईंको लगाव कति छ भन्ने दर्शाउँछ ‘किस’ले । र, एक सम्वन्धलाई मजबुत बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । अक्सफोर्ड विश्वविद्यालयको डिपार्टमेन्ट अफ एक्सपेरिमेन्टर साइकोलोजीका छात्र छात्राहरुमा गरिएको अध्ययनबाट यस्तो धारणा आएको हो ।

मानव समाजमा यौन सम्बन्धसँग पनि जोडिएको छ ‘किस’ । ‘किस’ गर्ने बिभिन्न रुप छन् । यी सबै समाज र सँस्कृतिमा अविश्वसनीय रुपबाट प्रचलित छ ।
मानिसको पूर्खा मानिएको चिम्पान्जी जस्ता जनावरहरुमा पनि ‘किस’को प्रचलन छ । ‘किस’ मानवको प्रेमलाई प्रदर्शित गर्ने अनौठो तरीका हो ।

तर अध्ययनकर्ताहरुले अझै पनि बिस्तृत रुपमा भन्न सकेका छैनन् । चुम्बनले कसरी प्रेमलाई पूर्ति गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us