बीना मलिक विहे अघि नै गर्भवती !

काठमाण्डु टुडे २०७० पुष २१ गते ५:४८ मा प्रकाशित

veena-malikआफ्नो हट अन्दाजको कारण सँधै चर्चामा आइरहने पाकिस्तानी अभिनेत्री बीना मलिक विहेपछि फेरि एकपटक चर्चामा आएकी छन् । यसपटक अचम्मित पार्नेखालको तथ्य सार्बजनिक भएको छ । कारण के भने, उनी विहे अघि नै गर्भवति थिइन् । उनको यो खुलासा वीनाको पूर्व ब्वायफ्रेन्ड प्रशान्त सिंहले गरेका हुन् ।

प्रशान्तले भनेका छन्, ‘असद बशीर खानसँग विहे गर्नुभन्दा अघि नै उनी आमा बन्नेवाली थिइन् । उनी सन् २०१२ मा गर्भवति थिइन् तर हामी दुबै बच्चाको लागि तयार थिएनौं । त्यसैले बीनाले गर्भपात गराइन् ।’

वीनाको दुबईका ब्यापारी असद बशीर खानसँग विहे हुनासाथ प्रशान्त सिंहले सन्चार माध्यमसँग आफूलाई बीनाको ब्यायफ्रेन्ड बताएका छन् । बीनाले यो कुराको खुलासा नगर्न आफूलाई धम्की पनि दिएको प्रशान्तको आरोप छ ।

यद्यपी बीनाले यो कुराको खण्डन गरेकी छन् । प्रशान्तका अनुसार वीनाले उनलाई ‘लिव इन रिलेशन’को बारेमा सार्बजनिक नगर्न भनेकी छन् ।
हालै बीनाले असद बशीर खानसँग हतारमा विहे गरेकी थिइन् । यसबाट उनलाई नजिकबाट चिन्नेहरु अचम्ममा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us