
काठमाण्डु, १९ पुस– अनेरास्ववियु (क्रान्तिकारी)ले रिक्त महासचिवमा रत्न ढकाललाई चयन गरेको छ ।
नेकपा–माओवादी सम्बद्ध विद्यार्थी संगठनको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले सचिवमा उत्तम अधिकारी, खगेश्वर केसी, वीरेन्द्र बस्नेत, तीर्थ राई, दीपेन्द्र चलाउने, सेवन्त भण्डारी, खुसीराम पौडेल, अशोक पाण्डे र कोषाध्यक्षमा लालबहादुर तामाङलाई चुनेको छ ।
यसअघि महासचिव रहेका कमल शाहीलाई संगठनले कारबाही गरेको थियो । त्यस्तै यसअघिको एक सय ८५ सदस्यीय केन्द्रीय समितिलाई घटाएर एक सय ६१ सदस्यीये बनाइएको छ ।