
काठमाण्डु, १९ पुस– कांग्रेस महामन्त्री प्रकाशमान सिंहले संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले नै बोलाउने बताएका छन् ।
काठमाण्डुमा भएको कार्यक्रममा सिंहले अन्तर्राष्ट्रिय परम्परा अनुसार नै राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले बैठक बोलाउने सिंहले बताए ।
सिंहले यो विषयमा विवाद र बहस गर्नुको कुनै औचित्य नभएको समेत बताए ।
अर्को प्रसंगमा सिंहले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भएकाले त्यसको नेतृत्व सभापति सुशील कोइरालाले नै गर्ने बताए ।
कोइरालाकै नेतृत्वमा पार्टी चुनावमा पहिलो बनेको भन्दै सिंहले उनकै नेतृत्वमा सरकार बन्ने बताए ।