आयोगले बुझायो चुनावको अन्तिम परिणाम (सभासदको नामावलीसहित)

काठमाण्डु टुडे २०७० पुष १९ गते ११:५१ मा प्रकाशित

election commition of nepalकाठमाण्डु, पुस १९ – निर्वाचन आयोगले संविधानसभा चुनावको अन्तिम परिणाम सरकार र संसद सचिवालयमा बुझाएको छ ।

विहीबार राष्ट्रपतिलाई बुझाइएको विवरण शुक्रबार सरकार र संसद सचिवालयमा बुझाइएको हो ।

आयोगका सचिव नरेन्द्र दाहालले ५ सय ७५ जना सभासदको नामावलीसहितको सम्पूर्ण विवरण मन्त्री परिषदको कार्यालयका सचिव लिलामणी पौडेल र संसद सचिवालयका महासचिव मनोहर भट्टराईलाई बुझाएका हुन् ।

जसमा प्रत्यक्षतर्फ निर्वाचित २ सय ४० र समानुपातिकतर्फ ३० दलका ३ सय ३५ सभासदको सूची समावेश छ । कुल ६ सय १ जना सभासद रहनेभएपनि २६ जना मन्त्रिपरिषद्ले छनोट गर्न बाँकी रहेकाले ५ सय ७५ जनाको नामावलीमात्रै शितल निवास पुगेको हो ।

राष्ट्रपति, सरकार र संसद सचिवालयमा बुझाइएको सभासदको नामावली अब राजपत्रमा प्रकाशित गरिने छ ।

त्यसपछि संविधानसभाको बैठकको प्रक्रिया सुरु हुनेछ । राजपत्रमा परिणाम प्रकाशित भएको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बस्नुपर्ने संवैधानिक ब्यवस्था छ ।

समानुपातिकतर्फका सभासदहरुको नामावली

प्रत्यक्षतर्फका सभासदहरुको नामावली

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us