‘आममाफी अन्तर्राष्ट्रिय मान्यता अनुसार’

काठमाण्डु टुडे २०७० पुष १८ गते ११:३९ मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, १८ पुस – सर्वोच्च अदालतले सशस्त्रद्वन्द्वका बेला भएका घटनामा कसैलाई आममाफी दिँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गर्न आदेश दिएको छ ।

न्यायाधीश कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशिला कार्कीको संयुक्त इजलासले विहीबार यस्तो आदेश जारी गरेको हो ।

साथै इजलसले सरकारले ल्याएको सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी अध्यादेशका विभिन्न दफाहरु परिमार्जन आदेश दिएको छ ।

अध्यादेश अन्तरराष्ट्रिय मान्यता विपरीत भएको र आममाफीको प्रावधानसहितका दफाहरु खारेज गरिनुपर्ने भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सत्य निरुपण र मेलमिलाप सम्बन्धी दुईवटा छुट्टा–छुट्टै आयोगहरु बनाउन भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us