
संखुवासभा, १८ पुस– संखुवासभाको बाना गाविस-८ मा बाबुछोरा मृत भेटिएका छन् ।
३० वर्षीय बाबु लक्ष्मण श्रेष्ठ र पाँच वर्षीय छोरा कपिललाई मृत अवस्थामा भेटाइएको हो ।
शव उनीहरु बस्ने टाँडे घरमा कम्बलले बेरेर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस