
काठमाण्डु, १८ पुस – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २३ जना एसपी (प्रहरी उपरीक्षक) र ४८ डिएसपी (प्रहरी नायव उपरीक्षक)को सरुवा गरेको छ । एसपी प्रमुख हुने जिल्लाहरुमध्ये झापा, सुनसरी, बारा, रौतहट, कास्की, बाँके, बर्दिया र डोटीमा एसपी परिवर्तन गरिएको छ ।
झापामा मकुन्दराज आचार्य, सुनसरीमा मसाउद आलम खाँ, बारामा ईश्वरबाबु कार्की, रौतहटमा उमेश रञ्जित, कास्कीमा वसन्तकुमार लामा, बाँकेमा शेखर कोइराला, बर्दियामा विरेन्द्रकुमार वस्याल र डोटीमा भेजजंग शाह सरुवा भएका छन् ।
त्यस्तै, डिएसपी प्रहरी प्रमुख हुने जिल्लाहरु पाल्पामा शिवकुमार श्रेष्ठ, बाजुरामा रामप्रकाश शाह, लम्जुङमा अच्युतप्रसाद पुडासैनी, गोरखामा रमेश थापा, सल्यानमा अरुणकुमार शाह, डडेलधुरामा भोजदेव खतिवडा, अर्घाखाँचीमा दिपेन्द्रघर्ति क्षेत्रि, रुकुममा बिनयकुमार झा, आछाममा दिपेन्द्र शाही, रोल्पामा नविनराज राई, ताप्लेजुङमा मेघराज कंडेल, म्याग्दीमा जनार्दन जिसी, प्यूठानमा दिपक रेग्मीलाई सरुवा गरिएको छ ।
उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि प्रहरीका जिल्ला प्रमुखहरुको पहिलो पटक सरुवा गरिएको हो ।
सरुवाको पूर्ण विवरण