बिरामी बोक्ने एम्बुलेन्स पिकनिकमा

काठमाण्डु टुडे २०७० पुष १८ गते ९:२१ मा प्रकाशित

लहान, १८ पुस–बिरामीलाई उपचारका लागि गन्तव्यसम्म पु¥याउन प्रयोग गरिने एम्बुलेन्सलाई वनभोज जान प्रयोग गरिएको पाइएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष २०१४ को पहिलो दिन बुधबार सिरहाको बडहरामाल गाविस–३, बन्दीपुरमा रहेको कमलामाई पोलिक्लिनिकको स१च ७४२ नम्बरको एम्बुलेन्स दिनभरि बिरामी ओसार्नेभन्दा क्लिनिकमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई वनभोजमा ओसार्न प्रयोग गरियो ।
एम्बुलेन्सले बिरामी बोक्नेभन्दा पनि वनभोजमै  दिन बिताएकामा अचम्म लागेको वनभोजकै क्रममा कमला नदी पुगेका शिक्षक भोजराज चौहानले बताए । गौतमले भने “हामी पनि शिक्षक कर्मचारीसहित वनभोज गएका थियौँ, एम्बुलेन्स नै लिएर वनभोजमा आएको देखेपछि मलाई त अचम्मै लाग्यो ।”
पोलिक्लिनिकका सञ्चालक नवीन जयसवालले वनभोजका लागि एम्बुलेन्स प्रयोग गरेको स्वीकार गरेपनि दिन नबिताएको बताए । उनले भने“क्लिनिकमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई पु¥याउन÷ल्याउन, सामान ओसार्न एम्बुलेन्स गएको हो ।”
सिरहाका धेरैजसो एम्बुलेन्स अस्पताल, क्लिनिक र संघसंस्थाको नाममा भन्सार छुटमा निकालेर व्यक्तिले आम्दानी बढाउने स्रोतको रुपमा प्रयोग गरिरहेको पाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us