हुस्सु र शीतलहरले कर्णाली जाने उडान ठप्प

काठमाण्डु टुडे २०७० पुष १८ गते ७:२५ मा प्रकाशित

काठमाण्डु, १८ पुस – बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगञ्जबाट कर्णाली तथा सुदुरपश्चिमका पहाडी जिल्ला जाने सम्पूर्ण उडान ठप्प भएको छ ।

प्रतिकुल मौसमका कारण सबै उडान बन्द गरिएको जनाइएको छ । नेपालगञ्जबाट विहिबार उडेको बुद्ध एयरको जहाज भैरहवामा आकस्मिक अवतरण गरेको छ भने, यतिको जहाज काठमाण्डु फर्किएको छ ।

हुस्सु र शीतलहरका कारण अत्याधिक जाडो बढेपछि जनजीवन समेत प्रभावित भएको छ ।

त्यस क्षेत्रमा शीतलहर र हुस्सु अझै केही दिन जारी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अत्याधिक चिसोका कारण उच्च हिमाली भेगका अधिकांश बासिन्दा बेसी झरेका छन् भने विद्यालयहरु समेत बन्द छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us