
विराटनगर, १८ पुस – जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका विभिन्न होटल तथा लजमा चेक जाँच गर्ने क्रममा गएराति ३५ जोडीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।
प्रहरी निरीक्षक जमुनाकुमारी बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती जोडीलाई पक्राउ गरेको हो । अंग्रेजी सम्वत् सन् २०१४ सुरु भएको उपलक्ष्यमा नयाँ वर्ष मनाउन बुधबार अत्यधिक संख्यामा भारतीय युवा विराटनगर प्रवेश गरेका थिए ।
आपत्ती जनक अवस्थामा पक्राउ पर्नेमा अधिकांश भारतीय युवाहरु रहेको प्रहरीले जनाएको छ ।
त्यहाँका होटल तथा लजमा अवैध यौन धन्धा हुने गरेको सूचनाको आधारमा विगत केही दिनदेखि प्रहरीले सक्रियता बढाएको छ ।