
काठमाण्डु, १८ पुस – आन्तरिक पर्यटन प्रवद्र्धन गर्न, सडक सुरक्षामा ध्यान दिन र पूर्ण साक्षरताका लागि जनचेतना जगाउन काठमाण्डु पोखरा–कार ¥यालीको आयोजना गरिएको छ ।
रोटरी क्लब अफ बागमतीद्वारा आयोजित सो ¥यालीमा २० वटा कारको सहभागिता रहेको छ । क्लबका संयोजक दिवाकर राजकर्णीकारले सहिद मञ्चबाट कार ¥यालीको सुरुवात गरेका थिए ।
सन् २००५ मा क्लबले धुम्रपान विरुद्धको जनचेता जगाउन काठमाण्डुदेखि धुलिखेलसम्म कार ¥यालीको आयोजना गरेको थियो । शुक्रबारदेखि पोखरामा क्लबले अन्तर्राष्ट्रिय सम्मेलनसमेत आयोजना गर्दैछ ।
क्लबले बालबालिकालाई दिइने खोप, साक्षरता जस्ता कार्यक्रममा सहयोग प्रदान गर्दै आइरहेको छ । कार ¥यालीले साक्षरताका लागि जनचेतना जगाउन सहयोग पुग्ने हुँदा कार्यक्रम अयोजना गरिएको संयोजक राजकर्णीकारले बताए ।