
काठमाण्डु, १८ पुस– मधेशी जनाअधिकार फोरम नेपालले निर्वाचन आयोगमा समानुपातिकतर्फका पार्टीका सभासदको नाम बुझाएको छ ।
लामो विवादपछि फोरमले विहीबार सभासदको नाम बुझाएको हो फोरम नेपालबाट लालबाबु राउत, उषा यादव, लक्ष्मी चौधरी, जन्मचुना तुसाद, छायाँ शर्मा पन्त, श्रवणकुमार अग्रवाल, शीबजी यावद र वीरेन्द्रप्रसाद महतो सभासद भएका छन् ।
योसँगै समानुपातिकतर्फ विजयी भएका ३० वटै दलले आयोगमा सूची बुझाएका छन् । प्रत्यक्षतर्फ फोरम नेपालले २ सिट जितेको छ ।