
काठमाण्डु, १७ पुस- समानुपातिकतर्फको सभासद् छनौट गर्दा तयार गरिएको मापदण्ड मिचेको भन्दै एकीकृत माओवादीका नेता द्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष लिखित असहमति राखेका छन् ।
दुवै नेताले अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमै पुगेर विरोधपत्र बुझाएका हुन् । नेता द्वयले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सभासदको सूची सच्याउन माग गरेका छन् ।
उनीहरुले प्रचण्डले सभासद्को सूचि तयार गर्दा मापदण्ड मिचेको, २० जिल्लालाई प्रतिनिधित्व विहीन बनाएको, सहीद, वेपत्ता, अपाङ्ग र त्यागी नेतालाई प्राथमिकतामा नपारेको, जनयुद्ध दवाउन भूमिका खेलेको व्यक्तिलाई छनौट गरेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् ।
यसैबीच एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले निर्वाचन आयोगमा बुझाइए सूची संसोधन नहुने बताएका छन् ।