
काभ्रे, १७ पुस– रातो माटोको ढिस्कोले च्यापिएर गम्भीर घाइते भएका तीनजनामध्ये दुई महिलाको बुधबार मृत्यु भएको छ ।
मंगलबार घर पोत्ने रातो माटो खन्न जाँदा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएका महाकालचौर गाविस ४ की ३६ वर्षीया कल्पना थापामगर, २६ वर्षकी खिलकुमारी रानामगरको उपचारको क्रममा मंगलबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
अर्की घाइते २८ वर्षकी सुन्तली पुलामी मगरको भने उपचार भइरहेको छ । रासस