
नेपालगन्ज, १७ पुस– बाँकेमा राप्तीपारी बघौडा क्षेत्रमा ट्याक्टरको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ ।
बाँकेको ग्रामीण क्षेत्र कटकुइँया गाविसमा रहेको सुइया प्रहरी चौकी अगाडि अभिभावकसँग गइरहेका बेला ट्याक्टरको ठक्करबाट लक्ष्मणपुर गाविसका २ बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुत्यु हुनेमा लक्ष्मणपुर गाविसका–२ का निसार खाँको ११ वर्षीया छोरी मैसुर खातुन र सोही स्थानको मुबारक खाँको १० वर्षीय छोरा सोहेल खाँको ज्यान गएको हो ।
मुस्लिम धर्मावलम्बीले मान्ने मोहर्रम पर्वको पचासौँ दिनको उपलक्ष्यमा सीमावर्ती क्षेत्रको बघौडा ताल भन्ने स्थानमा पचसवा मेला हेर्न जान लागेका बेला ट्याक्टरको ठक्करबाट उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दुर्घटनामा परी मुबारक खाँ पनि घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस