संघीय समाजवादीमा बाहुनलाई चिठ्ठा

काठमाण्डु टुडे २०७० पुष १७ गते १२:३१ मा प्रकाशित

Federal-socialist-party-sanghiyaकाठमाण्डु, १७ पुस– जातीय नारालाई प्रमुख बनाएर संविधानसभा चुनावमा गएको संघीय समाजवादीमा ब्राम्हण क्षेत्री समुदायका प्रतिनिधिलाई भने निकै फाइदा भएको छ ।

आदिवासी जनजाति बाहुल्य रहेको समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठलगायत शीर्ष नेताले सभासद बन्ने अवसर गुमाउँदा केही तल्ला तहका नेता भने सभासद बन्न सफल भएका छन् ।

निर्वाचन आयोगमा सूची बुझाउँदा जातीय सन्तुलन मिलाउनुपर्ने प्रावधानका कारण ठूला नेता सभासद बन्नबाट बञ्चित भए ।

संघीय समाजवादीले बुधबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सभासदको सूचीमा आदिवासी जनजाति समूहबाट अध्यक्ष अशोककुमार राई, खसआर्य समुदायबाट उपमहासचिव राधादेवी तिमिल्सिना, दलित समुदायबाट सचिव दिलबहादुर नेपाली, मुस्लिम समुदायबाट केन्द्रीय सदस्य तासिङ अली सिद्धिकी र मधेसी समुदायबाट उर्मिलादेवी साह छानिएका छन् ।

प्रत्यक्षमा एक सिट समेत नजितेको समाजवादीले समानुपातिकमा पाँच सिट पाएको छ । सभासद छनौटमा तीव्र विवाद भएपछि निर्वाचन आयोगले पछिल्लो पटक तोकेको समयसीमा पुस १५ गते सो पार्टीले सूची बुझाउन सकेको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us