अज्ञात समूहको गोली प्रहारबाट एक घाइते

काठमाण्डु टुडे २०७० पुष १७ गते ११:२० मा प्रकाशित

pestolबारा, १७ पुस – सशस्त्र हतियारधारी समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका बारा जीतपुरका व्यवसायीको उपचारको क्रममा मृत्यु भएको छ ।

वीरगन्ज पथलैया औद्योगिक करिडोरअन्तर्गत बाराको जितपुर भवानीपुर गाविस–३ मा बुधबार मध्यान्ह गोली प्रहारबाट गम्भीर घाइते भएका ट्रक व्यवसायी जितपुर–३ का ३५ वर्षीय अफताब अन्सारीको वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भारतीय नम्बर बि आर ०६ सी ३५१७ नम्बरको मोटरसाइकलमा आएका दुईजना भारतीय नागरिकमध्ये पछाडि बसेका व्यक्तिले अन्सारीको कन्चटमा गोली प्रहार गरेका थिए ।

इलाका प्रहरी कार्यालयबाट ५० मिटर दक्षिणतर्फ निर्माणाधीन घर अगाडि कुर्सीमा बसेर घाम तापिरहेका अन्सारीलाई तत्काल वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा पु¥याइएको थियो ।

सोही समूहले इनवासिरा दुई जना प्रहरीलाई समेत गोली हानी घाइते बनाएका छन् । हतियारधारी समूहले चलाएको गोली लागी प्रहरी चौकी इनर्वा सिराहाका प्रमुख प्रहरी सहायक निरीक्षक मातृका ठाकुर र प्रहरी जवान शेष मदान घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

गोली प्रहार गर्ने भारत जौनपुरका रवी पाण्डे र भारत लखनउ निवासी विपिन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी सहायक निरिक्षक ठाकुरलाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने, प्रहरी जवान मदनको उपचार वीरगन्जमा भइरहेको छ ।

गोली प्रहारबाट प्रहरी सहायक निरीक्षक ठाकुरको कम्मर र हातमा दुई वटा गोली लागेको छ । गोली प्रहार गरी भागेका अपराधिक समूहको मोटरसाइकल स्टार्ट नभएपछि छाडेर बन्दुक देखाएर सर्वसाधारणको मोटरसाइकलमा भागेका थिए ।

गोली प्रहारको खबर पाएर तैनाथ प्रहरीसँग अपराधीको इनर्वा सिराहामा जम्काभेट हुँदा प्रहरीमाथि समेत गोली प्रहार गरेका हुन् । प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट दुई नाल पेस्तोल र १६ थान गोली समेत बरामद् गरेको छ ।

गोली प्रहारको घटनाको विरोधमा अन्सारीका आफन्त र स्थानीयले अवरुद्ध पारेको पथलैया वीरगन्ज सडकखण्ड करिब तीन घण्टापछि सञ्चालनमा आएको छ । किन गोली प्रहार भएकोबारे खुल्न सकेको छैन् । अन्सारी केही महिनाअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए । अन्सारीका एक छोरा र दुई छोरी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us