एमाओवादीका दुई केन्द्रीय सदस्यले दिए राजीनामा (राजीनामापत्रसहित)

काठमाण्डु टुडे २०७० पुष १७ गते ९:५५ मा प्रकाशित

mahendra-sahiकाठमाण्डु, १७ पुस- समानुपातिक सभासद चयनमा असन्तुष्टि जनाउँदै कालिकोटबाट संविधानसभामा प्रत्यक्ष निर्वाचित सभासद तथा एमाओवादी केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीसहित ११ जनाले सामूहिक राजीनामा दिएका छन् ।

समानुपातिक सभासद छनोट गर्दा कर्णाली क्षेत्रलाई उपेक्षा गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा शाहीसहित, केन्द्रीय सदस्य जीवन वुढा, राज्य समिति सदस्यहरु लक्ष्मीप्रसाद चौलागाईं, गोविन्दबहादुर बटला, डम्बरबहादुर शाहीलगायत छन् ।

यसैगरी राज्य समिति सदस्य विद्या देवकोटा, यशोदा न्यौपाने, शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष सर्पराज सिंह, अखिल क्रान्तिकारीका भेरी कर्णाली संयोजक खेमबहादुर सिंह र जयचन्द्र अधिकारीले पनि राजीनामा दिएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पठाईएको राजीनामापत्रमा इमान्दार र संघर्षशील व्यक्तिलाई पछि पारेर अवसरवादीलाई मात्रै समेटेकाले राजीनामा दिएको उल्लेख छ।

पार्टी अध्यक्ष प्रचण्डलाई पठाइएको राजीनामा पत्र यस्तो छ :

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us