उदयपुरमा अवैध गाँजाखेती नष्ट

काठमाण्डु टुडे २०७० पुष १७ गते ७:४५ मा प्रकाशित

6238उदयपुर, १७ पुस – उदयपुरको पश्चिमी पहाडी गाविस रुपाटार क्षेत्रमा प्रहरीले १२० रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ ।

प्रहरी चौकी रुपाटारबाट खटिएको ११ जनाको प्रहरी टोलीले पुस ३ गतेदेखि १३ गतेसम्म रुपाटारको विभिन्न वडामा १२० रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजाखेती फडानी गरेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख किसानसिंह थापाले बताए ।

प्रहरीले यसअघि पनि रुपाटार क्षेत्रमा ३ सय २० रोपनी क्षेत्रफलको गाँजा नष्ट गरिसकेको थियो । अहिले सो गाविसमा पूर्ण रुपमा गाँजा फडानी कार्य सम्पन्न भएको प्रहरीले बताएको छ ।

अब जिल्लाको इनामे गाविसमा गाँजा फडानी गर्ने अभियानमा प्रहरी लागेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us