संघीय समाजवादीले सभासद टुंगो लगायो (नामावलीसहित)

काठमाण्डु टुडे २०७० पुष १७ गते ७:०९ मा प्रकाशित

Ashok-Raiकाठमाण्डु, १७ पुस – संघीय समाजवादी पार्टीले समानुपातिकतर्फका सभासदहरुको टुंगो लगाएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष अशोक राईसहित पाँच जनाको नाम तय गरेको हो ।

सोमबारसम्मको समयसीमामा सूची बुझाउन नसकेकोको समाजवादीले बुधबार सूची बुझाउने तयारी गरेको छ । संविधानसभाको चुनावमा ५ सिट जितेको संघीय समाजवादीका सभासदहरुको नामावली यसप्रकार छ ।

१. अशोक राई
२. डिवी नेपाली
३. राधा तिमिल्सिना
४. उर्मिला शाह
५ काशिकी सिद्धिकी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us