
काठमाण्डु, १७ पुस–संघिय समाजवादी पार्टीले समानुपातिक सभासदको सूची बुधबार निर्वाचन आयोगमा बुझाउदै छ । बुधबार दिउँसो आयोगमा नामावली बुझाउने महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
समाजवादीले अध्यक्ष अशोक राई सहित ५ जनालाई सभासद बनाएको छ । अध्यक्ष राई सहित राधा तिम्सीना, उर्मिला शाह, कासिकी सिद्धीकी र डिबी नेपाली समाजवादीबाट सभासद हुने भएका हुन् ।
समाजवादीले निर्वाचन आयोगले दिएको समय भन्दा दुई दिन ढिला गरि सभासदको नाम टुङ्गो लगाएको हो । आयोगले दिएको समयसीमा सोमबार नै सकिएको थियो ।