काँग्रेसले सबै दलसँग संवाद र सहकार्य गर्ने

काठमाण्डु टुडे २०७० पुष १७ गते २:५४ मा प्रकाशित

NC-Flagकाठमाण्डु, १७ पुस–नेपाली काँग्रेसले संविधानसभा निर्वाचनमा प्राप्त जनादेश कार्यान्वयन गर्न सबै दलसँग संवाद र सहकार्य गर्ने भएको छ । संवाद र सहकार्यमार्फत् नै देशलाई समृद्धितर्फ लैजाने काँग्रेसको प्रतिबद्धता छ ।

इस्वी संवत्को नयाँ वर्ष सन् २०१४ को अवसरमा बुधबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिदै काँग्रेस सभापति सुशील कोइरालाले लोकतान्त्रिक संविधान निर्माण गरी मुलुकमा शान्ति र सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यसैगरी काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि शुभकामना सन्देश दिदै एक वर्षभित्रै लोकतान्त्रिक संविधान बनाउने प्रतिबद्धता जनाएका छन् । संविधान जारी गरेपछि कृषि, जलस्रोत र पर्यटनको विकास गर्र्ने उनको दृढता छ ।

आर्थिक रूपमा समृद्ध नयाँ नेपाल निर्माण गर्ने कार्यमा जुट्न नयाँ वर्षले प्रेरणा दिने पौडेलले विश्वास व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us