नयाँ बर्ष सन् २०१४ शुरु

काठमाण्डु टुडे २०७० पुष १७ गते १:०५ मा प्रकाशित

happy-new-year-2014काठमाण्डु, १७ पुस–अँग्रेजी पात्रो अनुसार नयाँ बर्ष सन् २०१४ बुधबारबाट शुरु भएको छ । नेपाल लगायत विश्वभर शुभकामना आदान प्रदान र मनोरन्जनात्मक कार्यक्रम गरी नयाँ बर्ष मनाइदै छ । साथीभाइ र आफन्त जम्मा भएर मिठो परीकार बनाएर खाने र रमाइलो गरिदै छ ।

सन् २०१३ को विदाई र नयाँ बर्ष २०१४ को स्वागतका लागि मंगलबार राति नै क्याम्प फायर, कन्सर्ट, पार्टी लगायतका कार्यक्रम भएका छन् । काठमाण्डु, पोखरा, चितवन लगायत पर्यटकीय क्षेत्रमा नयाँ बर्ष मनाउनेहरुको विशेष चहलपहल छ । त्यहाँका होटल तथा रेष्टुरेन्टहरु पर्यटकले भरिभराउ भएका छन् ।

जनवरी पहिलो तारिखका दिन शुरु हुने ईस्वी संवत् विश्वका अधिकांश मुलुकमा प्रचलनमा छ । ईसाइ धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा उनको मृत्युपछि यो संवत् प्रचलनमा ल्याइएको हो । पछिल्लो समय नेपालमा पनि नयाँ अँग्रेजी नयाँ वर्षको स्वागतमा विशेष कार्यक्रम हुदै आएको छ ।

नयाँ बर्षको अवसरमा काठमाण्डु टुडे परिवार सबै पाठक, शुभेच्छुक र सहयोगीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us