राज्यलक्ष्मी गोल्छा पिछडिएको क्षेत्रकी प्रतिनिधि : ईश्वर पोखरेल

काठमाण्डु टुडे २०७० पुष १६ गते १५:१८ मा प्रकाशित

ISHWOR-POKHRELकाठमाण्डु, १६ पुस– नेकपा एमालेका महासचिव ईश्वर पोखरलले मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने अगुवा महिला भएकैले राज्यलक्ष्मी गोल्छालाई सभासद बनाएको बताएका छन् ।

बिबिसी नेपाली सेवासँगको कुराकानीमा पिछडिएको क्षेत्रकै महिला भएकाले उनलाई सभासद बनाएको स्पष्ट पारे ।

चन्दा दिएकै भरमा कसैलाई सभासद नबनाइएको भन्दै उनले राज्यलक्ष्मीका श्रीमान महेन्द्र गोल्छा पनि एमालेसँग निकै नजिक रहेको बताए ।

उनले पार्टीले विभिन्न क्षेत्रलाई समेट्नु पर्ने भएकाले रामकुमारी झाँक्री लगायतका नेताहरु छुटेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us