
काठमाण्डु, १६ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपालका लागि अमेरिकी राजदूत पिटर बोडीबीच मंगलबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै समसामयिक विषयका कुराकानी भएको थियो । सो अवसरमा बोडेले नयाँ सरकार गठनका विषयमा जिज्ञासा राखेका थिए ।
जवाफमा रेग्मीले चाँडै संविधानसभा बैठक बसेर सबै पक्षको सहमतिमा नयाँ सरकार बन्ने र त्यसले देशलाई नयाँ संविधान दिने विश्वास व्यक्त गरेको बुझिएको छ ।
साथै सन् २०१४ को पूर्वसन्ध्यामा भएको सो भेटमा नयाँ वर्षको शुभकामना आदानप्रदान समेत भएको थियो ।