देवयानीमाथि कारवाही जारी रहने

काठमाण्डु टुडे २०७० पुष १६ गते १:४५ मा प्रकाशित

devyani-khobragadeनयाँदिल्ली, १६ पुस–अमेरिकी सरकारले भारतीय कुटनीतिज्ञ देवयानी खोबरागडे विरुद्ध त्याहाँको अदालतमा जारी आपराधिक मुद्दा खारेज नहुने जनाएको छ । भारतको लगातार दवाव पछि पनि अमेरिकाले देवयानी विरुद्ध मुद्दा जारी राख्ने निर्णय गरेको हो ।

देवयानीमाथि अमेरिकी भिसा लिने क्रममा गडबडी गरेको र गलत सूचनाहरु दिएको आरोपमा आपराधिक मुद्दा चलाईएको छ । केहि दिन पूर्व देवयानीलाई पक्राउ गरि निर्वस्त्र पारेर छानविन गरिएकोप्रति भारतले ब्यापक विरोध जनाउँदै आएको छ ।

आगामी जनवरी १३ तारिखका दिन अमेरिकी सरकारले देवायानी विरद्धको मुद्दा म्यानहटन केन्द्रीय अदालतको ग्य्राण्ड जुरी समक्ष राख्ने छ । सुनुवाईको क्रममा भारतीय कुटनीतिज्ञ देवयानी पनि अदालतमा उपस्थित हुनुपर्ने छ । देवयानीलाई अन्तर्राष्ट्रिय कानुन अनुसार प्राप्त हुने कुटनैतिक छुट नदिएको भन्दै भारतले अमेरिकाको विरोध गर्दै आएको छ । विरोध स्वरुप भारतले आफ्नो देशमा रहेका अमेरिकी कुटनीतिज्ञहरुलाई दिँदै आएको सुविधा फिर्ता लिएको छ भने दिल्लीस्थित अ‍ेमेरिकी दुतावासलाई दिँदै आएको विशेष सुरक्षा ब्यवस्था पनि हटाईसकेको छ ।

पक्राउ पछि देवयानीलाई अहिले धरौटीमा रिहा गरिएको छ । उनको पासपोर्ट समेत अमेरिकी सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । यस क्रममा उनलाई केवल अमेरिका भित्र यात्रा गर्ने छुट रहने छ । यदि देवयानीलाई कुटनीतिक राहत दिने सरकारी निर्णय भएमा उनी माथिको मुद्दामा उनलाई कुटनीतिक राहत जारी रहँदासम्म मुद्दाको सुनुवाई रोकिने छ । तर उनको पासपोर्ट भने फिर्ता नहुने अमेरिकाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us