यस्तो छ संघीय समाजवादीको सर्कुलर

काठमाण्डु टुडे २०७० पुष १३ गते १४:५३ मा प्रकाशित

काठमाण्डु–संघीय समाजवादी पार्टीको बैठकले पार्टी निर्माणका लागि कार्यकर्ताहरुका वीचमा सर्कुलर जारी गरेको छ । महासचिव राजेन्द्र श्रेष्ठद्धारा प्रस्तुत र पार्टीको केन्द्रीय समितिबाट पारित दस्तावेज जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।

श्रमजीवी वर्ग एवम् उत्पीडित समुदायहरू – एकजुट होऔं !!

सङ्घीय समाजवादी पार्टी, नेपाल केन्द्रीय तदर्थ समितिको
मिति २०७० पुस ३–७ गते सम्म भएको पाँचौं बैठकद्वारा पारित
पार्टी विस्तार तथा जन जागरण (विज) अभियान–२०७०

१. विषय प्रबेश
संविधान सभाको दोस्रो निर्वाचन पश्चात देशको राजनीतिक शक्ति सन्तुलन वदलिएको छ । यो निर्वाचन पहिचान सहितको सङ्घीयताका पक्षधर शक्तिहरूलाई कमजोर पार्ने षडयन्त्रको उपज हो । पहिचान सहितको सङ्घीयता र सङ्घीयता सहितको संविधान निर्माण गर्ने जनताको चाहनालाई यथास्थितिवादी र प्रतिगामी शक्तिहरूले धाँधलीपूर्ण तथा प्रायोजित परिणाम देखाई गम्भीर प्रहार गरेका छन् । नेपाली जनताका सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्व लगायतका अग्रगामी एजेण्डाहरूमाथि संविधान सभाको दास्रो निर्वाचन मार्पmत कुठाराघात भएको छ । मुलुक युगान्तकारी परिवर्तनको मोडमा उभिएको बेला भएको यस निर्वाचनमा परिवर्तनकारी शक्तिलाई विस्थापित गर्ने ध्येयले राज्य संयन्त्रको दुरुपयोग गरी कलात्मक रुपमा धाँधली र षडयन्त्र भएको छ । हामीले यसको छानविनका लागि उच्च स्तरीय स्वतन्त्र छानविन आयोग गठन हुनु पर्ने माग गरेका छौं । तर यथास्थितिवादी र प्रतिगामी शक्तिहरू यस मागमा सकारात्मक सोच राख्दैनन् । त्यसले गर्दा संविधान सभाको निर्वाचनपछि देशको राजनीतिक–संवैधानिक सङ्कट झन्–झन् गहिरिंदै गएको छ ।
सामन्ती राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपालको क्रान्ति निर्णायक मोडमा पुगेको थियो । १२ बुँदे समझदारी, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता लगायत विगतमा भएका विभिन्न सम्झौता र सहमतिहरूको कार्यान्वयन तथा संविधान सभा मार्पmत नयाँ संविधानको निर्माण नै त्यसको पूर्णता हो । संविधान सभा मार्पmत नयाँ संविधान नबने सम्म २०६२।६३ सालको शान्तिपूर्ण जनक्रान्तिका उपलब्धीहरू संस्थागत नहुने मात्र होइन, वर्तमान जनक्रान्तिले पूर्णता प्राप्त गर्न पनि सक्दैन । अहिलेको हाम्रो ऐतिहासिक कार्यभार भनेको पहिचान सहितको सङ्घीयता स्थापित गर्ने, शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने, राज्यको पुनर्संरचना गर्ने, नयाँ संविधान निर्माण गर्ने तथा समाजवाद उन्मुख सामाजिक, आर्थिक विकासको बाटो अवलम्बन गर्ने हो । हामीले यस काममा प्राप्त गर्ने सफलताले नै हाम्रो देशमा सामन्तवादको अवशेषहरू उन्मुलनका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुन्छ । यस्तो महत्वपूर्ण कार्यभारहरू पूरा गर्न हामीलाई यस्तो पार्टीको आवश्यकता छ, जुन विचार, सङ्गठन र कार्यशैलीको हिसावले नयाँ ढङ्गको होस । पुराना पार्टीहरू भन्दा भिन्न हरेक क्षेत्रमा आप्mनो अलग विकल्प भएको पार्टी होस । हामीले परिकल्पना गरेको नयाँ ढङ्गको पार्टीमा निम्न विशेषताहरू हुनुु पर्दछ ः
पहिलो – सिद्धान्तनिष्ठ अर्थात सङ्घीय समाजवाद र पहिचान सहितको सङ्घीय लोकतन्त्रप्रति प्रतिवद्ध ।
दोस्रो – सङ्घर्षशील अर्थात जन सङ्घर्ष र राजनीतिक प्रतिस्पर्धामा श्रेष्ठता हाँसिल गर्न सक्ने ।
तेस्रो – राष्ट्रिय चरित्रको अर्थात जातीय वा क्षेत्रीय नभै सिङ्गो देश ओगट्न सक्ने ।
चौथो – समानुपातिक समावेशी अर्थात कुनै एउटा जातिको वर्चस्व नभै समानुपातिक प्रतिनिधित्व भएको ।
पाँचौं – अनुशासित अर्थात पार्टीको नीति निर्णयहरूलाई पालना गर्ने ।
SSP
यतिबेला पार्टीको समग्र कामको केन्द्रबिन्दु पार्टी निर्माण, विस्तार र सुदृढीकरण हो । हामीले यस काममा प्राप्त गर्ने सफलताले नै हाम्रो पार्टीको जन सम्वन्ध पनि विस्तार हुन्छ । पार्टी स्थापनाको लगतै हामीले पार्टी निर्माण अभियान सञ्चालन गरेका थियौं । केही कमी कमजोरीको बाबजुद यसले पार्टीलाई देशव्यापी बनाउन महत्त्वपूर्ण योगदान गरेको छ । अहिले पार्टी ६३ जिल्लामा पैmलिइ सकेको छ भने २ वटा प्रदेश सम्पर्क तदर्थ समिति तथा १६ वटा जिल्ला सम्पर्क तदर्थ समिति, ९ वटा भातृ सङ्गठन र ९ वटा त्यसका घटकहरू निर्माण भएका छन् । त्यसरी नै प्रबासमा युरोप स्तरीय एउटा र विभिन्न देशमा १६ वटा नेफेसोहरू निर्माण भएका छन् । यो क्रम अहिले पनि जारी छ ।
कुनै पनि पार्टीको निर्माण र विकास स्वस्फुर्ततामा हुँदैन । यसको लागि योजनावद्ध ढङ्गले काम अगाडी सार्नु पर्दछ । पार्टी निर्माणका लागि सहि नीति, सिद्धान्त र विचार महत्त्वपूर्ण भए पनि त्यतिले मात्र पार्टी निर्माण हुँदैन । त्यसका लागि पार्टीको नीति, सिद्धान्त र विचारहरूलाई गाउँ–गाउँ र टोल–टोलमा पु¥याउन सक्ने सङ्गठनका जालो र कार्यकर्ताहरू आवश्यकता पर्दछ । हाम्रा प्रतिद्वन्द्वीहरू जहाँ जसरी अगाडि वढेका छन् त्यहाँ त्यसरी नै अगाडी बढ्न सक्ने शक्तिको आवश्यकता पर्दछ । सङ्गठनात्मक शक्ति रहेन भने सही नीति र सिद्धान्तलाई पनि व्यवहारमा पुष्टि गर्न सकिंदैन । अहिले हाम्रो पार्टी सैद्धान्तिक प्रश्नहरूमा सर्वाधिक स्पष्ट छ । तर त्यसलाई बुद्धिजीवीहरूबिच वहस गर्ने विषयवस्तु मात्र होइन, व्यवहारमा प्रयोग गर्ने मार्गदर्शक वनाउन सक्नु पर्दछ । अनि मात्र गाउँका गरिव जनताले पनि पार्टीलाई वुझ्ने अवसर पाउँदछ ।
पार्टी भनेको समाजको चेतनशिल, अगुवा, सङ्गठित र अनुशासित बैचारिक राजनीतिक सङ्गठन हो । यो केही नेता कार्यकर्ताहरूको जमघट होइन, निश्चित नीति, विचार, सिद्धान्त र कार्यक्रमका आधारमा सङ्गठित शक्ति हो । पार्टी निर्माण भन्नाले विचारधारात्मक तथा सङ्गठनात्मक काम, पार्टी समितिहरू बिचको आपसी सम्बन्ध, सञ्चार तथा पार्टीको कार्यपद्दति पनि हो । पार्टी वलियो वनाउनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा पार्टीले लिएका नीति, निर्णय र निश्कर्षलाई आत्म विश्वासका साथ कार्यान्वयन गर्नु तथा देश र जनताको हितमा काम गर्नु हो । अतः पार्टी निर्माणका सन्दर्भमा सबभन्दा बढी ध्यान त्यसमा पु¥याउनु पर्दछ जसले पार्टीमा सहि वैचारिक दिशा पाउँछ, आपैmले छलफल गरी तय गरिएका नीति, निर्णय र निश्कषहर्रू कार्यान्वयन हुन्छ, सङ्गठनको जीवन्त परिचालन हुन्छ, पार्टीमा क्रियाशिलता वढ्दछ र आपसी सम्बन्ध तथा सञ्चार स्थापित हुन्छ ।
पार्टी विस्तार तथा जन जागरण अभियान सम्पूर्ण श्रमजीवी वर्ग र उत्पीडित समुदायको बिचमा पार्टीलाई पु¥याउने अभियान हो । यसको लागि प्रदेश तथा जिल्ला समिति निर्माण हुन बाँकी रहेको स्थानमा ती समितिहरू तथा निर्माण भै सकेका ठाउँहरूमा निर्वाचन क्षेत्र, नगर तथा गाउँ समितिहरूको निर्माण गर्ने कामलाई अभियानको रूपमा लिएर जानु पर्दछ । यस अभियानमा प्रत्येक सदस्यहरूले पार्टी सङ्गठन निर्माण सँगसँगै त्यसको व्यवस्थित परिचालनलाई ध्यान दिनु पर्दछ । यसले पार्टीलाई जीवन प्रदान गर्छ र क्रियाशिलतालाई वढाउँछ । समिति सञ्चालनका लागि पार्टीको विधान, नियमावली, माथिल्लो समितिको निर्णय, परिपत्र र निर्देशन आदि कुराहरूमा ध्यान दिन जरुरी छ । सङ्गठनलाई सही ढङ्गले परिचालन गर्नको लागि समिति गठन पुर्नगठन, समिति सञ्चालनका विधिहरू, नियमिति बैठकहरूको आयोजना, समितिका कामहरूबारे स्पष्टता, समितिका पदाधिकारी र सदस्यहरूको जिम्मेवारी वाँडफाँट, सम्मेलनहरूको आयोजना आदि कुराहरूमा ध्यान दिन जरुरी छ ।
पार्टी सङ्गठनको अर्को महत्त्वपुर्ण पक्ष पार्टी समितिको नियमित बैठक हो । पार्टीका केन्द्रीय निकाय लगायत मातहतका सवै समितिको पार्टी विधानमा व्यवस्था भए बमोजिम नियमित बैठक वस्नु पर्दछ । नियमित बैठकले सङ्गठनको परिचालनमा मद्दत गर्दछ । बैठकमा सम्वन्धित तहको कामको समिक्षा, विगतको कामको मुल्याङ्कन, माथिल्लो समितिको निर्णय कार्यान्वयनको लागि योजना निर्माण तथा आफ्ना समितिको आवधिक कार्य योजना समेत तर्जुमा गर्नु पर्दछ । यि कुराहरूलाई व्यवस्थित गरी पार्टी सङ्गठन विस्तार, जन जागरण तथा जनताको पक्षमा नयाँ संविधान निर्माणका लागि ब्यापक जन दवाव सृजना गर्न मिति २०७० पुस ३–७ गते सम्पन्न पार्टी केन्द्रीय समितिको ५औं पूर्ण बैठकले यो पार्टी विस्तार तथा जन जागरण अभियान (विज अभियान) निर्देशिका पारित गरिएको छ । यस अभियानको सफलताले संविधान सभाको निर्वाचनमा भएको धाँधली र प्रायोजित परिणामको कारण पार्टी काममा लागेको धक्का चिर्न धेरै मद्दत मिल्ने हामीले विश्वास लिएका छौं । सम्पूर्ण पार्टी पङ्क्तिलाई यस अभियानलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशित गरिन्छ ।
२. अभियानका उद्देश्यहरू
निर्वाचनमा सक्रियता पुर्वक लागेका कार्यकर्ता पङ्क्तिलाई पार्टीमा आवद्ध गर्नु, जन सम्पर्क व्यवस्थित गर्नु र यस काममा सिङ्गो पार्टी पङ्क्तिलाई प्रभावकारी ढङ्गले परिचालित गर्नु अभियानको उद्देश्य मुख्य हुने छ । अभियानका उद्देश्यहरूलाई निम्नानुसार सूत्रिकृत गरिएको छ–
१. संविधान सभा निर्वाचन परिणामको बस्तुनिष्ट समिक्षा गर्दै कार्यकर्ताहरूलाई नया“ उत्साहका साथ पार्टीमा क्रियाशील गर्ने ।
२. पहिचान सहितको सङ्घीयताको पक्षमा प्रचार प्रसार, जनमत वृद्धि र आन्दोलनको विकास गर्न सङ्घीय जागरण कार्यक्रम सञ्चालन गर्ने ।
३. पार्टी प्रवेश, सदस्यता वितरण, पार्टी समिति तथा भातृ सङ्गठनको निर्माण र विस्तारलाई केन्द्रविन्दुमा राखेर बैठक, भेला, प्रशिक्षण आायोजना गर्ने ।
४. पार्टी समितिहरू शाखा तहसम्म विस्तार गर्र्नेे र कार्यकर्ताहरूलाई कुनै न कुनै समितिमा सङ्गठित गर्ने । सबै जाति, भाषा, लिङ्ग, क्षेत्र र पेशाका कार्यकर्ताहरूलाई समेटी समितिहरूलाई समावेशी स्वरुप प्रदान गर्ने ।
५. श्रमजीवी वर्ग र उत्पीडित समुदायमा पार्टीको प्रचार तथा सङ्गठन विस्तार गर्ने । महिला, युवा र समाज सेवीहरूलाई समितिमा आवद्ध गर्न प्राथमिकता दिने ।
६. विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी महिला, युवा, विद्यार्थी, किसान, श्रमजीवी तथा बुद्धिजीवीबिच पार्टीलाई स्थापित गर्ने ।
७. खस समुदाय, मधेसी, दलित र मुस्लिमहरूको बिचमा पार्टी काम व्यवस्थित गर्न योजना बनाउने ।
८. पार्टीमा देखा परेका अन्तर्विरोधहरू हल गर्दै वैचारिक तथा साङ्गठनिक एकता कायम गर्ने ।
९. जिल्ला तहका समितिहरूको गठन–पुर्नगठन तथा सम्मेलन गर्ने र समितिहरूलाई चुस्त÷दुरुस्त बनाउने ।
१०. परिवर्तित अवस्थामा पार्टीले लिएका नीति सिद्धान्तहरूका बारेमा आम पार्टी पङ्क्तिमा प्रशिक्षण चलाउने ।
११. पार्टी र जनताबिच अन्तर सम्बाद गर्ने । पार्टीका बारेमा जनताले भन्ने र नेताले सुन्ने कार्यक्रम सञ्चालन गर्ने ।

१२. पार्टी परिचालनको लागि सहयोग पुग्ने गरी सहकारी अभियान सञ्चालन गर्ने ।
१३.    कामको योजना, कार्यान्वयन तथा अनुगमन प्रणालीलाई वैज्ञानिक र व्यवस्थित गर्ने ।

३. अभियानको चुनौति र अपेक्षा
विज अभियान सञ्चालन गरि रहँदा पार्टी पङ्ंिक्तमा रहेका समस्या र पार्टीका चुनौतिहरूवारे स्पष्ट हुनु आवश्यक छ । यसवारे स्पष्ट भएमा हामीले ती समस्या र चुनौतिहरूलाई सफलताका साथ सामना गर्न सक्ने छौँ । यो अभियानपछि पार्टी पङ्ंिक्त निम्न समस्या र चुनौतिहरूलाई सफलताका साथ सामना गर्न सक्ने हामीले आशा गरेका छौं  ।
१.     पार्टी कार्यकर्ताहरूमा पार्टीको सिद्धान्त सङ्घीय समाजवाद, पहिचान सहितको सङ्घीयता लगायतका नीति, सिद्धान्त र विचारहरू बारे स्पष्टता छैन ।
२.     श्रमजीवी वर्ग र उत्पीडित समुदायमा राजनीतिक चेतना स्तर कमजोर भएकाले पार्टीमा सङ्गठित हुन नचाहने र सङ्गठित भएकाहरूमा पनि क्रियाशीलताको कमि देखिएको छ ।
३.     संविधान सभाको दोस्रो निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन भत्किएको छ । त्यसलाई अनुकूल बनाउन ठूलो सङ्घर्षको आवश्यकता छ ।
४.     पार्टीका जिल्ला समितिहरू कतिपय स्थानमा नाम मात्रको अवस्थामा छन् । समितिमा मनोनयन हुने सदस्यहरूको कामको परिभाषा र जिम्मेवारी बाँडफाँट भएको देखिंदैन ।
५.     समितिभित्र जिम्मेवारीको राम्रो बाँडफाँट नहुँदा कुन व्यक्तिको महत्त्व र आवश्यकता कहा“ हो भन्ने कुरामा अन्यौलता र त्यही अनुसार जिम्मेवारी  नदिनाका कारण भएको क्षमतालाई समेत सदुपयोग गर्न सकेको छैन ।
यस अभियानपछि पार्टी पङ्ंिक्त उपर्युक्त समस्या र चुनौतिहरू सामना गर्न सक्षम हुने छन् । अभियानवाट मुलत प्रदेश र स्थानीय तहसम्म नेतृत्वदायी समितिको निर्माण र आधारभूत तहमा पार्टी विस्तार हुने अपेक्षा गरिएको छ । निर्वाचनमा सम्पर्कमा आएका जनताहरूसँग सम्पर्क जीवन्त पारिने छ । अभियानबाट पार्टी समिति र कार्यकर्ता पङ्क्तिको क्रियाशीलता, रचनात्मकता र सामथ्र्यमा वृद्धि भई पार्टी कामको विस्तारमा मद्दत पुग्ने छ । यस अभियानमा पार्टीका सम्पूर्ण समिति, भातृ सङ्गठन र सबै पार्टी सदस्यहरू परिचालित हुने छन् । अन्य पार्टीमा आबद्ध सङ्घीयता, लोकतन्त्र र अग्रगमनका पक्षधर व्यक्तिहरूलाई प्रवेश गराउने, स्वतन्त्र रूपमा रहेका प्रतिष्ठित व्यक्तिहरूलाई पार्टीमा आबद्ध गराउने र विचार मिल्ने समूहसँग संवाद, सहकार्य र पार्टी एकताको प्रक्रिया अगाडि बढाइने छ । सामान्यत अभियानको अपेक्षा निम्नानुसार रहेको छ ।
१.    आधारभूत तहको पार्टी वैचारिक रूपले स्पष्ट हुनुका साथै सङघीय समाजवादको प्रारम्भिक ज्ञान हासिल गर्न, पार्टी सङ्गठन, त्यसको परिचालन विधि र समिति प्रमुखको भूमिका आदिबारे स्पष्ट हुने छ ।
२.    जिल्ला समिति नभएको ठाउँमा जिल्ला समिति गठन र भएका ठाउँमा पार्टीलाई निर्वाचन क्षेत्र र शाखा (गाउँ÷नगरका वडा) तह सम्म विस्तार गरिने छ । पार्टी सम्पर्कमा रहेका सबै ठाउँमा शाखा समितिहरू गठन हुने छन् ।
३.  जिल्ला तहको कार्यालय व्यवस्थित हुने छ भने जिल्ला कार्यालय नभएको ठाउँमा कार्यालय खोलिने छ ।
४. सवै तहका समितिहरूको नियमित बैठकको आयोजना गरिने छ र बैठकको महत्त्व बारे ज्ञान हासिल गर्ने छ ।
५. आधारभूत सदस्यहरूले कुनै न कुनै समिति वा भातृ सङ्गठनहरूमा जिम्मेवारी प्राप्त गर्ने छन्् र समितिमा आवद्ध भए पछि तिनिहरूले पूर्ण सदस्यता प्राप्त गर्ने छन् ।
६.    हामीलाई मत हाल्ने जनताको कम्तिमा १० प्रतिशत जनतालाई आधारभूत सदस्यता दिइने छ ।
७.    जन सम्पर्क कार्यक्रमले पार्टी र जनताबिचको अन्तर्सम्बन्ध व्यवस्थित हुने छ र पार्टीको प्रभाव विस्तारमा मद्दत पुग्ने छ ।
८.    गठन हुन बाँकी मधेसी, मुस्लिम, खेलकुद लगायतका भातृ सङ्गठनहरू गठन हुने छन् र गठन भै सकेका भातृ सङ्गठनहरू सम्भव सवै ठाउँमा जिल्ला तहसम्म विस्तार हुने छन् ।
९. सङ्घीय जागरण कार्यक्रमले पहिचान र सङ्घीयताको पक्षमा आन्दोलन विकासका लागि पूर्वाधार तयार गर्ने छ ।
१०. पार्टी काममा सहकारी सञ्चालनको महत्त्वबारे कार्यकर्ताहरू स्पष्ट हुने छन् ।

४.  अभियानको समयावधि र स्वरूप
अभियानको अवधि तिन महिनाको हुने छ । ०७० पुस १६ गते आरम्भ भएर यो अभियान ०७० चैत्र १५ गते सम्पन्न हुने छ । पार्टी केन्द्रले अभियान प्रतिनिधिहरूका लागि ०७० पुुस ११ र १२ गते नेपाः व्यान्क्वेट, पुस्पलालपथ, खुसिबुँमा हुने राष्ट्रिय भेलामा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने छ । पाटी जिल्ला समितिहरूले पनि २०७० पुस मसान्तभित्र जिल्ला समितिको बैठक वसी जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम राख्नु पर्दछ । अभियान देशका लगभग ७० जिल्ला र २०० निर्वाचन क्षेत्रमा सञ्चालित हुने छ । अभियान टोलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कार्यरत सबै संलग्न हुने छन् । यसका लागि पार्टी केन्द्रले सामान्यत केन्द्रीय समिति वा निकायका सदस्यहरू, केन्द्रीय विभागका सचिवहरू, संविधान सभामा पार्टीका उम्मेदवारहरू र भातृ सङ्गठनका पदाधिकारीहरूलाई निर्वाचन क्षेत्र केन्द्रीत गरी यस निर्देशिकाको परिशिष्ट १ मा उल्लेख भए बमोजिम अभियन्ताको रुपमा खटाइएको छ । सम्बन्धित क्षेत्रबाट उम्मेदवार बनेका नेताहरू जन सम्पर्कमा साथै हुने छन् । अभियान टोलीमा सम्बन्धित जिल्ला÷निर्वाचन क्षेत्रमा कार्यरत केन्द्रीय समिति र निकायका सदस्यहरू, जिल्ला समितिका पदाधिकारी र सदस्यहरू, जिल्ला सल्लाहकार र भातृ सङ्गठनका केन्द्रीय सदस्यहरू संलग्न हुने छन् । अभियान टोलीले स्थानीय समितिसँगको समन्वयमा अभियान सञ्चालन गर्ने छ । तिनिहरूलाई जिल्ला इन्चार्जले समन्वय गर्नु पर्ने छ । यस कामको अनुगमनका लागि पार्टी केन्द्रले उपाध्यक्षहरू र केन्द्रीय निकायका सभापतिहरूलाई जिम्मेवारी दिने छ ।
यस अभियानमा खटाईएका अभियन्ताहरूले खटाईएका ठाउँमा अतिथिको रूपमा हैन, जिल्ला नेतृत्वसँग समन्वय गरी सङ्गठकको रुपमा काम गर्नु पर्दछ र अभियानभर खटाएको ठाउँमा रहनु पर्दछ । अभियन्ताले आफूलाई खटाईएको निर्वाचन क्षेत्र समितिको बैठक वा समिति नभए कार्यकर्ता भेला गरी अभियानभरको विस्तृत कार्ययोजना बनाई जिल्ला सचिवालयमा पेश गर्नु पर्ने छ । खटाईएका अभियन्ताहरूले आफ्नो कामको दैनिकीलाई यसै निर्देशिकाको परिशिष्ट २ मा उल्लेख भए बमोजिम प्रत्ेयक १५ दिनमा जिल्ला सचिवालयमा पेश गर्नु पर्दछ । त्यसमा प्रगति विवरण र समस्याहरूलाई समावेश गर्नु पर्दछ ।

५ अभियानका कामहरू
यस अभियानमा पार्टी प्रवेश, सदस्यता वितरण, पार्टी समिति तथा भातृ सङ्गठनको निर्माण र विस्तारलाई केन्द्रविन्दुमा राखेर बैठक, भेला, प्रशिक्षण र जनसभा जस्ता गतिविधिहरूलाई अघि वढाइने छ । प्रवास स्थित नेफेसोहरूले पनि यसलाई आआप्mनो विशिष्ट स्थिति अनुरुप लागू गर्ने छन् । सामान्यत यस अभियान अन्तर्गत गरिने कामहरू यस प्रकार छन् ।

५.१. वैचारिक–राजनीतिक काम
१. यस अभियान अन्तरगत पार्टी घोषणापत्र, कार्यक्रम र विधानको आधारमा वैचारिक राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने छ । अभियानका सन्दर्भमा पाटी जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम राख्ने छन् । अभियान प्रतिनिधिहरूले आफूलाई तोकिएको कार्यक्षेत्रमा देहायका विषयमा केन्द्रित रहेर प्रशिक्षण सञ्चालन गर्ने छन् –
१. संविधान सभा निर्वाचनपछि देशको राजनीतिक परिस्थिति ।
२. संविधान निर्माणमा बाधक रहेका यथास्थितिवादी र प्रतिगामी विचारहरू
३. पार्टीको मार्गदर्शक सिद्धान्त – सङ्घीय समाजवाद बारे
४. पहिचान सहितको सङ्घीयता र राज्यको पुनर्संरचना
५. ऐतिहासिक भौतिकवादी दृष्टिकोणमा समाज विकास क्रम
६. पार्टी सङ्गठन, त्यसको परिचालन विधि र समिति प्रमुखको भूमिका
७. नेपालका वर्तमान राजनीतिक पार्टीहरूबिचको भिन्नता
८. पार्टी निर्माणको दिशा र विज अभियान ।
९. सहकारी आन्दोलन
२.    प्रशिक्षण कार्यक्रम सहभागिता मूलक हुनु पर्ने । यसका लागि पार्टीको केन्द्रीय बैचारिक तथा राजनीतिक प्रशिक्षण विभागको आवश्यक सहयोग लिने ।
३.     जिल्ला समिति र निर्वाचन क्षेत्र समितिहरूले यस अभियानपछि कम्तीमा ३ महिनाको एकपटक स्वअध्ययन बैठकको आयोजना गरी तोकिएको विषयमा पदाधिकारीहरूले पालैपालो स्वअध्ययन मूलक प्रशिक्षण दिने ।

५.२. सङ्गठन परिचालन
१. पुस मसान्तसम्ममा जिल्ला समितिको बैठक वसी अभियानको कार्यन्वयनका लागि ठोस योजना बनाउने । निर्वाचन क्षेत्र समिति र मातहतका समितिको बैठक आयोजना गर्ने । समितिका सम्पूर्ण सदस्यको ठोस कार्य विभाजन गर्ने ।
२. अभियानभरि जिल्ला र निर्वाचन क्षेत्र समितिका प्रत्येक सदस्यहरूले न्युनतम एउटा शाखा समितिको जिम्मा लिएर काम गर्ने । प्रत्येक पार्टी सदस्यहरूलाई अभियानमा सहभागी हुन पे्ररित गर्ने ।
३. प्रदेश तदर्थ समितिहरू गठन गर्ने । विभिन्न तहका पार्टी समितिहरू गठन गर्दा स्थानीय विशिष्टतामा जातीय जनसङ्ख्याको अनुपातलाई ध्यान दिनुका साथै युवाहरूलाई प्राथमिकता दिने ।
४. सङ्गठनात्मक क्षेत्रका समस्याको पहिचान गर्ने । स्थानीय अन्तर्विरोधको व्यवस्थापन गर्न प्रयास गर्ने र समाधान हुन नसकेका अन्तर्विरोधका बारेमा माथिल्लो समितिमा सिफारिस गर्ने ।
५.     हरेक बैठकमा कामको रिपोर्टिङ लिने र कार्य सम्पादन कमजोर भएको ठाउँको लागि थप योजना बनाउने ।
६.     जिल्ला समिति नभएको ठाउँमा जिल्ला समिति गठन गर्ने र भएका ठाउँमा निर्वाचन क्षेत्र र सम्भब सवै शाखा (गाउँ÷नगरका वडा) गठन गर्ने ।
७. पार्टी विधान बमोजिम जिल्ला समितिहरूको सम्मेलन आयोजना गर्ने । निष्कृय जिल्ला समितिहरूको पुनर्गठन गर्ने ।
८. समितिमा आवद्ध भएकाहरूलाई पूर्ण सदस्यता प्रदान गर्ने ।
९.    आधारभूत सदस्यता वितरणलाई अभियानका रूपमा सञ्चालन गर्ने । आधारभूत सदस्यता वितरण र अभिलेखिकरणको काम गर्ने । आधारभूत सदस्यहरूलाई पार्टी समिति वा जनवर्गीय सङ्गठनहरूमा आवद्ध गर्ने ।
१०. गठन हुन बाँकी भातृ सङ्गठनहरू गठन गर्ने र गठन भै सकेका भातृ सङ्गठनहरू जिल्लामा विस्तार गर्ने । भातृ सङ्गठनहरूलाई वैचारिक रूपले पार्टीमा आवद्ध र सङ्गठनात्मक रूपले स्वायत्त तथा आत्मनिर्भर हुने नीतिका आधारमा सञ्चालन गर्ने ।
११. विचार मिल्ने समूहका केन्द्र र स्थानीय समितिहरूसँग सहकार्य, एकता र एकीकरण प्रक्रिया अगाडि बढाउने । समाजका स्वतन्त्र, प्रतिष्ठित, प्रबुद्ध व्यक्तिहरूलाई विशेष समारोह आयोजना गरी पार्टी प्रवेश गराउने ।
५.३. जन सम्पर्क र जनपरिचालन
१. पार्टी र जनताबिचको अन्तर सम्बन्धलाई घनिष्ट बनाउन स्थानीय विशिष्ट स्थिति अनुरुप खास खास अवसर पारी चियापान, भेला, भेटघाट र अन्तरकृया कार्यक्रमहरू आयोजना गर्ने,
२. पहिचान सहितको सङ्घीयताको लागि प्रदेश समितिको पहलमा अन्य पहिचान पक्षधर पार्टीहरू र सामाजिक अभियन्ताहरूलाई समेत र्मोर्चावद्ध गरी आन्दोलनको योजना बनाउने ।
३. जनहितका कामहरू र स्थानीय विकास निर्माणमा पार्टीका तर्फबाट पहलकदमी लिने । विशेष गरेर संविधान सभा निर्वाचनका उम्मेदवारहरूलाई जन सम्पर्कका कामहरूमा परिचालित गर्ने ।
४. स्थानीय रूपमा हुने जनविरोधी तथा सर्वसाधारण नागरिक माथी हुने ज्यादतीका विरुद्धमा पार्टीले पहल र नेतृत्व गर्ने । पार्टीले यस्ता विषयहरूमा माग उठाउने, हस्ताक्षर अभियान चलाउने, सार्वजनिक सुनुवाई गर्ने तथा जुलुस र सभाहरू गर्ने ।
५. “जनताको माझ ससपा” कार्यक्रम सञ्चालन गरी श्रमदान, रक्तदान, सरसफाई, वृक्षारोपण, प्रौढ शिक्षा, महिला सिप विकास, खेलकुद, अतिरिक्त क्रियाकलाप लगायतका कामको माध्यमवाट जनतासँग घनिष्ट सम्बन्ध बनाई राख्ने ।
६. पहिचान र अधिकार सहितको सङ्घीयताका लागि सङ्घीय जागरण कार्यक्रम सञ्चालन गर्ने ।
७. पार्टीको कार्यक्रमसँग मेल खाने र पहिचानको राजनीतिक सन्देश बोक्ने सांस्कृतिक कार्यक्रम तय गरी सांस्कृतिक मेला र पर्वहरूमा सांस्कृतिक उत्सव मनाउने ।
८. विज अभियानको उद्घाटन, पार्टीको सम्मेलन तथा भेलाहरूको अवसरमा पर्चा वितरण,  झन्डा, ब्यानर र हातेमाइक सहित ¥याली र जनसभा आयोजना गर्ने ।
९. संविधान सभा निर्वाचन– २०७० पछि त्यस क्षेत्रमा भएका गतिविधिहरूको      सूचना सङ्कलन गर्ने ।
१०. पार्टी प्रतिको आम जनताको भावना, यसका सबल र दुर्बल पक्षहरू, आलोचना र सुझावहरू प्राप्त गर्ने ।

५.४. कार्यालय र आर्थिक व्यवस्थापन
१. पार्टी कार्यालयलाई पार्टीको वैचारिक, सैद्धान्तिक केन्द्रका रूपमा विकास गर्ने । जिल्ला तहसम्म अनिवार्य रुपमा कार्यालय खोल्ने । विस्तारै कार्यालय व्यवस्थापनलाई निर्वाचन क्षेत्र तहसम्म विस्तार गर्ने ।
२. कार्यालयमा क्रमशः फोन, कम्प्युटर, फ्याक्स, लगायतका सामानहरूको व्यवस्थापन गर्ने ।
३. पार्टीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन आर्थिक स्रोतको पहिचान र सङ्कलन गर्ने । सबै तहका समितिहरूको बैठकमा लेभि सङ्कलनको एजेण्डा राख्ने ।
४.  प्रत्येक पार्टी सदस्यहरूबाट सदस्यता शुल्कको अतिरिक्त आफ्नो मासिक आम्दानीको ०.५ प्रतिशत लेभि लिने । आर्थिक हैसियत राम्रो भएका पार्टी समर्थक, शुभचिन्तक, बुद्धिजीवी मध्ये मासिक रूपमा न्यूनतम रु. ५०० भन्दा वढी सहयोग गर्न सक्ने व्यक्तिहरूको सूची बनाई सहयोग सङ्कलन गर्ने ।
५.  दिर्घकालीन रुपमा आर्थिक समस्या हल गर्न पार्टी कार्यकर्ताहरूको संलग्नतामा सहकारी सञ्चालनमा ध्यान दिने । आर्थिक पूर्णकालिन कार्यकर्ता बनाई व्यवसाय सञ्चालन गर्ने तथा उत्पादनका काममा लगाउने ।
६. स्थानीय उद्योगी, व्यापारी, व्यवसायीसँग आवश्यकता अनुसार पार्टीले सहयोग उठाउने ।
७. प्रकाशनको योजना बनाई विज्ञापन सङ्कलन गर्ने र सबै तहका समिति मार्पmत बिक्री वितरणको योजना बनाउने ।
८. सबै समितिहरूले आम्दानी÷खर्चको हिसाब दोहोरो लेखा प्रणालीको आधारमा राख्ने र नियमित लेखा परीक्षण गर्ने व्यवस्था गरी आर्थिक व्यवस्थापन सुदृढ र पारर्दशी बनाउने ।
५.५. प्रचार तथा प्रकाशन
१. वैचारिक कामलाई सशक्त बनाउने उद्देश्यले सम्भव जिल्ला समितिहरूले वार्षिक मुखपत्र र बुलेटिनहरू प्रकाशन गर्ने ।
२. सञ्चार माध्यमलाई नियमित अन्तरकृया, भेटघाट, पत्रकार सम्मेलन आदिको माध्यमबाट पार्टी गतिविधि र धारणा बारे जानकारी गराउने ।
३. सबै कार्यकर्ताहरू माझ अनिवार्य रुपमा समितिहरू मार्फत पार्टी परिपत्र पु¥याउने र अध्ययन गर्ने परिपाटीको विकास गर्ने ।
४. समसामयिक विषयमा विचार गोष्ठी, अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरी पार्टीका नीति, विचार र कार्यक्रमको प्रचार गर्ने र यस कार्यमा बुद्धिजीविहरूलाई विशेष रूपमा परिचालन गर्ने ।
६. नेतृत्व तथा अनुगमनः
यस अभियानको केन्द्रीय रूपमा समन्वय, नेतृत्व तथा अनुगमन पार्टीको केन्द्रीय सचिवालयले गर्ने छ । त्यसरी नै जिल्ला स्तरमा समन्वय, अनुगमन र सहजीकरणको लागि जिल्ला समितिले अभियानको सचिवालय गठन गर्ने छ । यो अभियानको थालनीदेखि लिएर सम्पन्न नहुँदासम्म पार्टीको समग्र कामको केन्द्रबिन्दु पार्टी नर्माण, विस्तार र सुदृढीकरण हुने छ । पार्टीका नियमित कामलाई यसैसँग जोडेर अगाडि बढाइने छ । यस अभियानमा अभियन्ताहरूले कुशलतापूर्वक खेल्ने भूमिकाले पार्टी काम व्यवस्थित र व्यापक हुने विश्वास पार्टीले लिएको छ । पार्टी केन्द्रले केन्द्रीय प्रतिनिधिहरूका लागि पार्टीका प्रकासित दस्तावेजहरू, अभियानको निर्देशिका, र अभियान डायरी उपलब्ध गराउने छ । अभियानको अवधिमा पार्टी केन्द्रले शक्ति विन्यास र स्रोत परिचालनको लागि आवश्यक कार्य गर्ने छ । यस अभियानमा सबै कार्यकर्ताहरू पहिचान सहितको सङ्घीयताका लागि जन जागरण कार्यक्रम लिएर आ–आफ्नो गाउँ, बस्ती र सहरमा परिचालित हुने छन्् ।

७.    समिक्षा प्रतिवेदन
सवै अभियन्ताहरूले अभियानको कार्यक्रमको लिखित प्रतिवेदन बैशाखको पहिलो हप्ताभित्र केन्द्रीय कार्यालयमा उपलब्ध गराउनु पर्ने छ । सवै अभियन्ताहरूले यस निर्देशिकामा जारी गरिए अनुरूप नियमित रुपमा बैठक बसी सम्पन्न भएका कामहरूको समिक्षा तथा बाँकी कामको योजना वनाउनु पर्ने छ । माघको अन्तिम हप्ता प्रत्येक जिल्ला सचिवालयले यो अभियानको पहिलो समिक्षा गर्नु पर्ने छ । अभियानमा नखट्ने अभियन्ताहरूलाई जिम्मेवारीबाट मुुक्त गरिने छ । अभियानको काम सम्पन्न नगर्ने समितिहरूलाई पुनर्गठन गरिने छ । यस अभियानको अन्त्यमा अभियन्ताहरूको उपस्थितिमा अभियानमा भएका कामहरूको मूल्याङकन सहितको समिक्षा प्रतिवेदन जिल्ला समितिले जिल्ला इन्चार्ज मार्फत यसै निर्देशिकाको परिशिष्ट ३ बमोजिम केन्द्रीय कार्यालयमा पठाउनु पर्ने छ । मूल्याङकनमा चित्त नवुझेमा यथेष्ट प्रमाण र तथ्य सहित अभियन्ताले आपूm खटेको निर्वाचन क्षेत्रको अलग प्रतिवेदन केन्द्रमा वुुझाउन सक्ने छ । यस बैठकमा अभियन्ताको कमि कमजोरीका बारेमा सम्वन्धित कार्यक्षेत्रका जिल्ला सदस्यले र सदस्यहरूका बारेमा अभियन्ताले आलोचना–आत्मलोचना गर्ने छन् । सवै जिल्ला इन्र्चाजहरूबाट अभियानको प्रतिवेदन आए पछि केन्द्रीय सचिवालयले एकीकृत रूपले समिक्षा प्रतिवेदन तयार गर्ने छ ।
प्रिय साथीहरू,
संविधान सभाको निर्वाचनमा राज्यसत्ताको दुरुपयोग गरी धाँधली र षदयन्त्रपूर्वक हाम्रो पार्टी लगायत पहिचान सहितको सङ्घीयताका पक्षधर शक्तिलाई पराजित गरेका छन् । अहिले पार्टी काममा केही अन्यौलता र शिथिलता देखा परेकोे छ । हाम्रो सङ्गठनात्मक शक्तिको हिसावले हेर्ने हो भने यो हाम्रो लागि ठूलो धक्का होइन । निर्वाचनमा भाग लिएका १२२ दल मध्ये हामीले ११औ स्थान हाँसिल गरेका छौं । राज्यसत्ताद्वारा गरिएको धाँधली र षडयन्त्र मात्र होइन, पार्टीमा सङ्गठकहरूको कमी, आर्थिक जर्जरता र पार्टी स्थापनाको १० महिना नवित्दै निर्वाचनमा जानु परेकोले समयाभाव पनि यसका कारणहरू हुन् । तथापि हामीले उठाएको परिवर्तनकारी मुद्दालाई संविधान सभाबाट संस्थागत गर्ने सन्दर्भमा हेर्दा यो यथास्थितिवादीहरूद्वारा गरिएको ठूलो प्रहार हो । अव पहिचान सहितको सङ्घीयताको लागि सशक्त आन्दोलन गर्नु पर्ने आवश्यकता रहेको छ ।
कुनै पनि पार्टीको विजयको आधार भनेको सही विचार, जुझारु सङ्गठन तथा सङ्घर्षशील कार्यकर्ता पङ्क्ति नै हो । हामीले आफ्नो विचारको सहिपनाको वकालत त ग¥यौं तर सङ्गठनात्मक शक्ति निर्माणमा कमी कमजोरी रहेका छन् । यसको वस्तुनिष्ट समिक्षा नगरी पार्टीले अग्रगति लिन सक्दैन । त्यसैले हाम्रा कमी कमजोरीहरूको आत्मसमिक्षा गर्नु पर्दछ र कमजोरीहरूको बिचमा हाम्रा सकारात्मक पक्षलाई पनि देख्न सक्नु पर्दछ । अतः आउनुहोस्, पार्टी निर्माणको महान अभियानमा हामी सबै सामेल होऔं । यो अभियान हाम्रो पार्टीको अग्रगति र प्रगतिको लागि एउटा महत्वपूर्ण कडी हो । हामीसँग युगान्तकारी परिवर्तनका एजेण्डाहरू मात्र होइन, नेपाली समाज परिर्वतनको मौलिक सिद्धान्त सङ्घीय समाजवाद पनि छ । तपाई हाम्रो थोरै योगदानले आगामी केही महिनाभित्र पार्टीलाई देशव्यापी सङ्गठनात्मक जालो भएको सुसङ्गठित पार्टी बनाउन सकिन्छ । त्यसैले पार्टी विस्तार तथा जन जागरणको महान अभियानलाई सार्थक बनाउन आ–आप्mनो ठाउँबाट अगाडी बढौं । हामीलाई विश्वास छ बाटो जतिसुकै कठिन र सङ्घर्षमय भए पनि हाम्रो विजय सुनिश्चित छ । यो अभियानको सफल कार्यान्वयनको कसीमा नै हाम्रो भनाइ र गराइको पनि परिक्षा हुने छ ।
केन्द्रीय तदर्थ समिति
सङ्घीय समाजवादी पार्टी, नेपाल

परिशिष्ट – १
पार्र्टी विस्तार तथा जन जागरण (विज) अभियान
अभियान प्रतिनिधिहरू

जिल्लाहरुको नाम र निर्वाचन क्षेत्र
मेची
क्र.सं.    जिल्ला  निर्वाचन क्षेत्र    अभियान प्रतिनिधि

परिशिष्ट – २
पार्र्टी विस्तार तथा जन जागरण (विज) अभियान
दैनिकी फाराम
नाम ः …………………………………….              जिम्मेवारी पाएको मिति ः ……………..
कार्यक्षेत्र ः ………………………………..             महिना    ………………………………..
क्र.सं.    गते    समय    स्थान    कामको विवरण (बैठक, भेला, प्रशिक्षण, गठन–पुनर्गठन, सम्मेलन,
निरीक्षण, अनुगमन, भेटघाट, पार्टी प्रवेश कार्यक्रम, आदि)    कैफियत

परिशिष्ट – ३
पार्र्टी विस्तार तथा जन जागरण (विज) अभियान

समिक्षा प्रतिवेदन फाराम
१. भूमिका
२. जिल्लाभित्र वसोवास गर्ने जाति जनजातिहरू
३. जिल्लाको कुल जनसङ्ख्या
४. पार्टीको निर्वाचन क्षेत्र तथा शाखा समितिहरूको स्थिति
५. जिल्लाकोे राजनीतिक शक्ति सन्तुलनको अवस्था
६. यस अभियानका दौरान पार्टीमा प्रवेश गरेका प्रतिष्ठित व्यक्ति, सामाजिक कार्यकर्ता तथा अन्य पार्टीका कार्यकर्ताहरूको सङ्ख्या
७. हाम्रो पार्टीको कार्यकर्ता सङ्ख्या
क) कूल पूूर्ण सदस्य सङ्ख्या  ख) आधारभूत सदस्य सङ्ख्या     ग) समितिमा आबद्ध सङ्ख्या
८. भातृ सङ्गठनको अवस्था
क) ससकि महासङ्घ   ख) सनेट्रेयू महासङ्घ    ग) ससमस        घ) अवियु
ङ) सयु सङ्घ         च) सससा महासङ्घ     छ) ससआज  महासङ्घ       ज) ससदमु महासङ्घ  झ) नेवौपे महासङ्घ (नेसिप)    ञ) अन्य
९. पार्टी कामका समस्याहरू
१०. विज अभियान सञ्चालन भए पछिको प्राप्त उपलब्धीहरूको तुलना
क) सङ्गठनात्मक     ख) भेला प्रशिक्षण     ग) रचनात्मक गतिविधि   घ) अन्य
११. सुझावहरू

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us