नेपालमा आफू विरोधी भावना बढाउँदै भारत

काठमाण्डु टुडे २०७० पुष १० गते ६:३२ मा प्रकाशित

काठमाण्डु- संविधानसभा निर्वाचनपछि मधेशी समुदायमा भारत विरोधी भावना बढेर गएको छ । मधेशमा आधारित राजनीतिक दलमा बिभाजन ल्याउन र उनीहरुका उम्मेदवारलाई पराजित गराउन भारतीय पक्षको योगदान रहेको बिश्लेषणसहित मधेशमा भारत विरोधी जनमत बढेको हो ।

आफूलाई भारत प्रति निकटता देखाउँदै आएका नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो समेत मधेशमा भारत विरोधी भावना बढेको स्वीकार्छन । मधेशमा भारत विरोधी भावना बढ्नु भारतका लागि नै घातक हुने उनी ठान्छन् । आफूहरुलाई भारतीय पक्षले निर्वाचनमा पराजय गराएको बुझाइ मधेशी उम्मेदवारहरुमा बढदै गएको उनको बुझाइ छ । fire
अधिवक्ता दिपेन्द्र झाले बुधवार काठमाण्डु पोष्टमा लेखेको लेखमा संबिधानसभा निर्वाचनमा भारतले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको मधेश केन्द्रित राजनीतिक दलको बुझाइ चित्रण गरिएको छ । मधेशी समुदायका अधिकार संस्थागत गर्ने मामिलामा भारतले सकारात्मक भूमिका निर्वाह नगरेको मधेशी समुदायको भावना रहेको पनि उनले आफनो लेखमा उदृत गरेका छन । उनले लेखेका छन नेपालको पहाडी क्षेत्रमा पहिले नै भारत बिरोधी भावना छ,यदि मधेश पनि त्यहि दिशामा गयो भने नयाँ दिल्लीले नेपाली जनसंख्यासँग समझदारी गर्न कडा मेहनत गर्नु पर्ने हुन्छ ।

भारतसँग रोटी र बेटीको सम्बन्ध रहदै आएका मधेशी समुदायको भारतीय जनतासँग स्वभाविक निकटता थियो । नेपाल र भारतमा दोहोरो नागरिकता लिएर बस्नेहरु पनि थिए । त्यसले सकारात्मक र नकारात्मक दुवै परिघटना ल्याएको थियो । पञ्चायतकालमा सीमा क्षेत्रका अपराध जनस्तरबाट नियन्त्रण गर्न तत्कालीन राजा महेन्द्रले  भारतीय सीमानामा रहेका नेपाली भूमिमा पूर्व सैनिकहरुको बसोबास गराएका थिए ।

भारतका सहयोगीको आरोप सहदै आएका मधेशी नेताहरुमा भारत विरोधी भावना बढनु,चिनियाँ उच्च अधिकारीहरुले मधेशी नेतासँगको भेटघाट बढाउनु, मधेशी जनअधिकार फोरमको सम्मेलनमा चिनिया अधिकारी सहभागी हुनु भारतका स्वभाविक लाग्ने घटना होइनन । आफू प्रति भारत अनुदार बन्दै गएको मधेशी जनताको बुझाइ बढदै जादा उनीहरु बामपन्थी शक्तिहरुमा संगठित हुँदै जानेछन । पछिल्ला दिनमा एकीकृत माओवादीमा संगठित भएका मधेशी नेताहरुको लहरले पनि त्यो विषयलाई पुष्टी गर्छ । एकीकृत माओवादीका नेता कार्यकर्तामा आफूहरुलाई भारतीय योजनामा पराजित गराइएको गहिरो बुझाइ छ भने मोहन बैद्य नेतृत्वको माओवादीले भारतीय बिस्तारवादको डिजाईनमा निर्वाचन गराइएको आरोप लगाउँदै अभियान नै सञ्चालन गर्दै आएको छ ।

नेपालको निर्वाचनमा काँग्रेस एमालेका उम्मेदवारलाई जिताउन भारतले गरेको खर्चका कारण अहिले नेपाली बजारमा भारतीय रुपैयाको अभाव छैन । आफूले नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप नगरेको भनेर अन्तराष्टिय मञ्चमा भारतले भन्न सक्ने अवस्था छैन किनकी भारतका गतिबिधिलाई चीनले पनि नजिकबाट अवलोकन गरिरहेको छ ।

जतिवेला भारतले नेपालको आन्तरिक राजनीतिमा आफूहरुले गलत भूमिका निर्वाह गरेको बुझन थाल्नेछन त्यतिवेला नेपाली जनता भारत विरोधी भइसकेका हुन सक्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us