पाकिस्तानी क्रिश्चियन समुदायका त्रास

काठमाण्डु टुडे २०७० पुष ८ गते १३:३२ मा प्रकाशित

पेसावर, ८ पुस – क्रिश्मसको आगमनसँगै पाकिस्तानका क्रिश्चिियन समुदायमा त्रास उत्पन्न भएको छ । यसअघि पटकपटक त्यहाँका क्रिश्चियन समुदायमाथि नै आक्रमण हुने गरेकोले यो अवस्था आएको बताइएको छ ।

पेसावरमा गएको करिब तीन महिना अघिमात्र पाकिस्तान द्वन्द्वग्रस्त सहर पेसावरमा रहेको एक चर्चमा भएको आक्रमणमा परी कम्तीमा पनि ८२ जनाको ज्यान गएको थियो ।

सोही कारण पनि सो चर्चमा प्रार्थना गर्न जाने र नजानेगरी कतिपय स्थानमा रहेका चर्चमा जानकार लागि त्रास फैलिएको छ । पाकिस्तानमा रहेको सानो क्रिश्चियन समुदायमा गएको सेप्टेम्बर २२ को सो घटनाले सताइरहेको समाचारमा जनाइएको छ ।

उक्त चर्चमा प्रार्थना गरिरहेका बेला पाकिस्तानका मुस्लिम समुदायका दुई जनाले आत्मघाती बम हमला गरेका थिए । सो हमलामा परी कम्तीमा पनि ८२ जनाको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us