
काठमाण्डु–भारतले परमाणु क्षमता युक्त ब्यालेस्टिक क्षेप्यास्त्रको सोमबार सफल परीक्षण गरेको छ । अग्नी–३ नामक सो क्षेप्यास्त्रले३ हजार किलोमिटर भन्दा टाढासम्म मार हान्न सक्ने भारतीय अधिकारीहरुले बताएका छन् ।
स्वदेशमै निर्मित जमिनबाट जमिनमा आक्रमण गर्न सकिने सो क्षेप्यास्त्र ओडिशाको समुद्र किनार नजिकैको ह्वीलर द्विपबाट सफल परीक्षण गरिएको हो । भारतीय सेनाको सामरिक क्षमता कमाण्डले रक्षा, अनुसन्धान र विकास संगठन (डीआरडीओ)को सहयोगमा साँझ ५ बजेतिर सफल परीक्षण गरेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।