एमाले स्थायी समिति बैठक स्थगित

काठमाण्डु टुडे २०७० पुष ८ गते १०:०० मा प्रकाशित

uml officeकाठमाण्डु, ८ पुस – समानुपातिक सभासदको अन्तिम नामावलीको सूची तयार गर्न सोमबार बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

विहान ११ बजे बस्ने भनिएको मुख्य तीन दलको बैठक लम्बिएपछि अपरान्ह तीन बजेसम्मका लागि सारिएको थियो । त्यसपछि पनि शीर्ष नेताहरु व्यस्त भएकाले बैठक बस्न नसकेको सचिव विष्णु पौडेलले जानकारी दिए ।

केन्द्रीय कमिटीले तयार पारेको मापदण्ड अनुसार स्थायी कमिटीलाई समानुपातिक सभासद चयन गर्ने जिम्मा दिइएको छ । एमालेले समानुपातिक तर्फ ८४ सिट पाएको छ ।

तर, अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता केपी ओली पक्षले आ–आफ्ना नेताहरुलाई सभासद बनाउन खोजेपछि एमालेमा विवाद हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us