गजब छ, आँखा झिम्क्याउँदा फोटो क्लिक

काठमाण्डु टुडे २०७० पुष ७ गते १०:०३ मा प्रकाशित

google-glass-52b1594a03cdc_exlविज्ञान प्रविधिको क्षेत्रमा चामत्कारीक प्रयोग गर्दै आएको गुगलले आफ्नो चस्मामा नयाँ सुविधा थपेको छ ।
जसको माध्यमबाट चस्मा लगाउने व्यक्तिले आँखा झिम्क्याएको भरमा फोटो खिच्न सक्छ । जसका लागि आवज तथा कुनै किसिमको स्पर्स आवश्यक पर्दैन । आँखा झिम्क्याउँदा हल्लिने परेलीको भरमा यसले काम गर्छ ।

गुगलको दावी छ कि यसले कुनै पनि बटन अथवा आवाजबाट काम गर्ने क्यामराले भन्दा छिटो काम गर्न सक्छ । अझ गजवको कुरा के छ भने, यसले आफ्नो डिस्प्ले बन्द रहेको समयमा समेत काम गर्न सक्छ । गुगलले चस्माबाटै युटुबमा भिडियो सेयर गर्न सकिने सुविधा समेत समावेश गरेको छ ।

google-glass-52b1594a02d39

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us