झलनाथको चुनाव खर्च ९ लाख !

काठमाण्डु टुडे २०७० पुष ६ गते १४:४२ मा प्रकाशित

Jhalanath-Khanalइलाम,पुस–नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले चुनावका क्रममा इलाममा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।

खनालले जिल्ला निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार उनले चुनावमा नौ लाख ६३ हजार रुपैयाँ खर्चगरेका छन् ।

कार्यकर्ता परिचालन, यातायात खर्चलगायत ११ शीर्षकमा उनले सो खर्च विवरण पेश गरेका हुन् ।

एमाले नेता तथा पूर्वसभाध्यक्ष सुवास नेम्वाङले सात लाख २८ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारले चुनावमा १० रुपैयाँसम्म खर्च गर्न पाउने प्रावधान राखेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us