
काठमाण्डु, ५ पुस–इराकको शिया मुस्लीमको धार्मिक स्थलमा भएका तीन वटा आत्मघाती आक्रमणबाट कम्तिमा ३६ जनाको मृत्यु भएको छ । आक्रमणकारीले एकै परिवारका पाँच सदस्यको गोली हानेर हत्या समेत गरेका छन् ।
अधिकारीहरुका अनुसार सबैभन्दा घातक हमला दक्षिण बगदादको दूरा इलाकामा भएको थियो । त्यहाँ २० जनाको मृत्यु भएको छ । अन्य चालीस जना घाइते भएका छन् । सोही आक्रमणमा मुहानद मोहम्मद नामक एक पत्रकार पनि मारिएका छन् ।
युसूफियामा ८ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् । यसैगरी लतिफियामा भएको अर्को हमलामा पनि आठ जनाको मृत्यु र १८ जना घाइते भएको एजेन्सीहरुले जनाएका छन् ।