पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी

काठमाण्डु टुडे २०७० पुष ४ गते १२:४१ मा प्रकाशित

Nepali-Cricket-team_winकाठमाण्डु ४ पुस – विश्वकप क्रिकेट छनोट प्रतियोगिताको तयारीका क्रममा श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आफ्नो पहिलो अभ्यास खेलमा विजयी भएको छ । बिहीबार भएको खेलमा नेपालले स्थानीय कोल्टस् क्रिकेट क्लव कोलम्बोलाई उसकै मैदानमा ४ विकेटले पराजित गरेको हो ।
२ सय २९ रनको मध्यम लक्ष्य पाहुना टोली नेपालले १८ बल अगावै ६ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धसतकीय पारी खेले । मल्लले ५८ र खकुरेलले ५६ रन जोडेको पारीमा प्रदिप ऐरीले अविजित २७ र विनोद भण्डारीले २१ रनको योगदान गरे । सरद भेषावकर १७, अनिल मण्डल १३ र पारस खड्काले १२ रन मात्रै जोड्दा ६ रन जोडेका सागर पुन अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम कोल्ट्सले अलआउट हुँदै २ सय २८ रन जोडेको थियो । नेपालकालागि कप्तान पारस खड्का र अविनास कर्णले समान ३ तथा सागर पुन र बसन्त रेग्मीले २–२ विकेट लिए ।
यही महिना न्युजिल्याण्डमा हुने एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको तयारीका क्रममा अभ्यासका लागि नेपाली टिम श्रीलंका गएको हो । १० दिनको श्रीलंका बसाइपछि न्युजिल्याण्ड गएर केही अभ्यास म्याच खेल्ने तयारी भैरहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
१० टोलीले सहभागीता जनाउने छनोट प्रतियोगितामा शीर्ष २ भित्र पर्नसके नेपालले आगामी सन २०१५ मा अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने ५० ओभरको विश्वकप क्रिकेट प्रतियोतिगामा सहभागिता जनाउने अवसर पाउने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us