उत्तर कोरियामा किम जोङ ईलको सम्झना

काठमाण्डु टुडे २०७० पुष २ गते ४:५५ मा प्रकाशित

काठमाण्डु, २ पुस–उत्तर कोरियामा दिवंगत नेता किम जोङ ईलको दास्रो पुन्य तिथि मनाइँदैछ । देशका दोस्रो शक्तिशाली भनिएका वर्तमान राष्ट्रपति किम जोङ उनका फुपाजू चाङ सोङ थाएकलाई फाँसी दिईएको केहि दिनमा उत्तरकोरिया भएको यो सबैभन्दा ठूलो राष्ट्रिय पर्व हो ।

चाङलाई सत्ता हत्याउने प्रयास गरेको र भ्रष्टाचार गरेको आरोपमा फाँसी दिईएको थियो । चाङ उत्तर कोरिया संस्थापक नेता किम उल सुङका छारी ज्वाई थिए । संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले चाङलाई फाँसी दिईएको उक्त घटनालाई अप्रत्यासित र नाटकीय संज्ञा दिएका थिए ।

पूर्व राष्ट्रपति ईलको सम्झनामा आयोजित समारोहको उत्तर कोरियाद्वारा जारी तस्वीरमा हजारौको संख्यामा सैनिक अधिकारीहरु सैनिक पोशाकमा उपस्थित रहेको देखिएको छ । पूर्व राष्ट्रपतिको सम्झनामा आयोजित कार्यक्रमा हजारौ सैनिकहरुले परेड खेलेर उनलाई सम्मान गरेका थिए । हजारौं कोरियाबासीलाई किम जोङ ईलको शालिकमा फूलमाला चढाउँदै गरेको पनि तस्वीरमा देखाईएको छ ।

दुई दशक भन्दा बढि उत्तर कोरियाको शासन सत्ता सम्हालेका किम जोङ ईलको २०११ को १७ डिसेम्बरका दिन निधन भएको थियो । ईलको निधन पछि ईलकै ईच्छा अनुसार उनका छोरा किम जोङ उनलाई उत्तराधिकारी छानिएको थियो । उन ईलका तीन छोरा मध्येका सबैभन्दा कान्छा हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us