माओवादीले संघर्षका कार्यक्रम सार्बजनिक गर्दै

काठमाण्डु टुडे २०७० पुष १ गते ४:४५ मा प्रकाशित

maoist flagकाठमाण्डु, १ पुस– नेकपा–माओवादीले एक साता लामो केन्द्रीय समिति बैठकले गरेका निर्णय सोमबार सार्बजनिक गर्दै छ । ललितपुरको कुपण्डोलस्थित राज्य समितिको कार्यालयमा सोमबार दिउँसो पत्रकार सम्मेलन गरी माओवादीले निर्णय सार्बजनिक गर्न लागेको हो ।

दोस्रो संविधानसभा निर्वाचन बहिष्कारपछि बसेको केन्द्रीय समिति बैठकले सडक आन्दोलनको बलमा जनपक्षीय संविधान बनाउन जोड दिने नीति तय गरेको छ । संविधानसभाबाट जनपक्षीय संविधान नबन्ने निष्कर्ष निकालेको माओवादीले सर्बदलीय राजनीतिक सम्मेलन गर्नुपर्ने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us