निःशुल्क पार्किङको व्यवस्था स्थगित

काठमाण्डु टुडे २०७० पुष १ गते ४:१३ मा प्रकाशित

parking_काठमाण्डु, १ पुस– काठमाण्डुमा गरिने भनिएको निःशुल्क पार्किङको व्यवस्था तत्कालको लागि स्थगित भएको छ । काठमाण्डु महानगरपालिकाले नगरका बिभिन्न स्थानमा गर्दै आएको सशुल्क पार्किङको व्यवस्था हटाएर पुस १ गते सोमबारदेखि निःशुल्क गराउने निर्णय गरेको थियो । तर, पार्किङबाट शुल्क लिदै आएका बिभिन्न क्लब तथा संघसंस्थाले महानगरपालिकाको निर्णय विरुद्ध पुनरावेदन अदालत पाटनमा रिट दायर गरेपछि आउँदो ८ गतेसम्मका लागि निर्णय स्थगित गरिएको हो ।

पुनरावेदन अदालतले आइतबार मुद्दाको अन्तिम फैसला नभएसम्म निःशुल्क पार्किङको व्यवस्था गर्ने निर्णय लागु नगर्न महानगरपालिकालाई आदेश दिएको थियो ।

महानगरपालिकाले गर्दै आएको सशुल्क पार्किङको व्यवस्था गत असार महिनामै सकिएको थियो । सो अवधि सकिएपछि यही पुस १ गतेदेखि निःशुल्क पार्किङको व्यवस्था गर्ने महानगरपालिकाले निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us