
काठमाण्डु, १ पुस– नेपाली काँग्रेसले समानुपातिक सभासद चयनको प्रयास सोमबार पनि जारी राखेको छ । सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवापक्षबीच विवाद भएपछि काँग्रेसले सभासदको अन्तिम सूची तयार पार्न सकेको छैन ।
पार्टी कार्यालय सानेपा ललितपुरमा सोमबार बस्ने संसदीय समितिको बैठकमा निर्वाचन आयोगमा यसअघि बुझाइएको ३ सय ३५ जनाको बन्दसूची मध्येबाट ९१ सभासद छान्नेबारे छलफल हुने छ । काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले बुधबारसम्ममा नामावली टुंगो लाग्ने दावी गरे ।
निर्वाचन आयोगले समानुपातिक सभासदको सूची बुझाउन पहिलोपटक थपेको म्याद पनि बुधबारै सकिदै छ ।