
काठमाण्डु, ३० मंसिर– नयाँ सरकार गठन नहुँदासम्म उच्चस्तरीय राजनीतिक समिति कायम रहने सहमति भएको छ ।
आइतबार साँझ बसेको समितिको बैठकले अन्य विषयमा कुनै निश्कर्ष ननिकाले पनि राजनीतिक समितिलाई भने निरन्तरता दिएको छ । बैठकले लिराज रेग्मीको सरकार रहुन्जेल राजनीतिक समिति जरुरी रहेको निश्कर्ष निकाल्दै कायम राख्ने सहमति गरेको हो ।
सबै दलहरु आ–आफ्नै अडानमा रहेका कारण विवादित विषयमा कुनै कुनै निर्णय हुन सकेन । एमाओवादले धाँधली छानबिन आयोग नबनेसम्म संविधानसभामा नजाने तथा काँग्रेस एमालेले संविधानसभाबाटै सो छलफल गर्ने अडान राखेको थियो ।
आइतबार बिहान मात्रै काँग्रेसले पनि संविधानसभाको पहिलो बैठक नबसुन्जेल उचचस्तरीय समिति रहने निर्णय गरेको थियो । एमाओवादी र मधेसवादी दलहरुले समितिको निरन्तरता हुनुपर्ने बताउँदै आएका छन् ।
आइतबारे दिउँसो केही नागरिक अगुवाहरुले भने उच्चस्तरीय समिति आवश्यक नरहेको भन्दै संविधानसभाबाहिर छलफल गर्न नहुने जिकिर गरेका थिए ।