पूरै नांगो बनाएर महिलाको बिभत्स हत्या

काठमाण्डु टुडे २०७० मंसिर ३० गते ११:०२ मा प्रकाशित

khotang_mapखोटाङ, ३० मंसिर– खोटाङमा एक महिलाको बिभत्स हत्या भएको छ । महादेवस्थान–१ हलेसीकी ४० वर्षीया सुगा राईको शव बिभत्स  अवस्थामा भेटिएको हो ।

चिया पसल गर्दै आएकी सुगाको छिमेकी गाविस धितुङ–९ को लोकेबर जङ्गलमा हत्या भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले बताए । शनिबार मृत अवस्थामा भेटिएकी महिलाको शव पूरै नांगो भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा जबर्जस्तीपछि हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । मृत महिलाको शव परीक्षणका लागि सदरमुकामस्थित जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us