
काठमाण्डु, ३० मंसिर– दक्षिण अफ्रिाकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको अन्तिम संस्कार गरिएकाे छ । उनको पुख्र्यौली गाउँमा कुनुमा भएको अन्तिम संस्कारमा देश–विदेशबाट करिब साढे चार हजार मानिसहरु सहभागी थिए ।
दक्षिण अफ्रिमा रंगभेदविरुद्ध आन्दोलनमार्फत परिवर्तनको लहर ल्याएका मण्डेलाको पार्थिव शरीर राजधानी प्रिटोरियाबाट कुनुतर्फ लैजाँदा नागरिकहरुले सडकका छेउमा बसेर सम्मान प्रकट गरेका थिए ।
कुनुतर्फ मण्डेलालाई लाने बेलामा प्रिटोरियामा एक लाख भन्दा बढी मानिसहरु थिए । उनीहरुले प्रार्थना सभामा आँसु बगाउँदै उनको श्रद्धाञ्जलीमा गीत समेत गाएका थिए ।
रंगभेद र असमानताविरुद्धको संघर्षमा प्रेरणाको स्रोतको रुपमा लिइने मण्डेला को डिसेम्बर ५ मा निधन भएको थियो ।
सैन्य विमानबाट वाटरलु विमानस्थलमा मण्डेलाको शव पुर्याउँदा त्यहाँ उनकी जेठी छोरी मकाजिवे मण्डेला र नातिनी मडिलेका मण्डेला कुरेर बसिरहेकी थिइन् ।
बीबीसीका अनुसार ३२ किलोमिटरका यात्रापछि मण्डेलाको पार्थिव शरिर उनको बाल्यकाल बितेको थलो कुनु पुर्यायएको थियो । जहाँ मण्डेला आफ्नो जीवनको अन्तिम समय बिताउन चाहन्थे ।
मण्डेलाका जेठा छोरा आफ्ना बाबुको अन्तिम यात्रामा सँगै थिए । छोरा मण्डेलाले बाबुलाई सम्झँदै भने, ‘उहाँ अन्तिमपटक आफ्नो घर आराम गर्न फर्किनुभएको छ । म आफ्नो भित्री मर्म व्यक्त गर्न त सक्दिन, मेरो मनको एक कुनामा उदासी छ । तर, म खुशी छु उहाँलाई शान्ति मिलेको छ ।’