पाठ्यपुस्तक अभाव भए अख्तियारको घेरामा पर्ने

काठमाण्डु टुडे २०७० मंसिर ३० गते ८:४४ मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogकाठमाण्डु, ३० मंसिर– आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तक अभाव भएमा जिम्मेवार निकायका पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राख्ने बताइएको छ ।

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउनेस्थिति आएमा सम्बन्धित निकायका जिम्मेवार अधिकारीलाई अनुगमनको दायरामा ल्याइने बताएका हुन् ।

शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुन सक्ने भन्दै आइतबार अभिभावक संघको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त कार्कीले यससम्बन्धमा शिक्षा मन्त्रालयलाई तत्काल ध्यानाकर्षण गराइने विश्वास दिलाएका हुन् ।

सरकारले समयमा उचित निर्णय नदिएका कारण समस्या देखिएकाले वर्षेनि पाठ्यपुस्तकको व्यवस्थापनमा समस्या आएकाले सङ्घले अख्तियारको ढोका घच्घच्याएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us