जाडो बढेसँगै निमोनियाको प्रकोप

काठमाण्डु टुडे २०७० मंसिर ३० गते ४:०५ मा प्रकाशित

दमक, ३० मंसिर–केही दिनयता बढेको चिसोसँगै यहाँका बालबालिकामा निमोनियाको प्रकोप बढ्न थालेको छ । चिसोले गर्दा बालबच्चासँगै अन्य उमेर समूहका मानिससमेत प्रभावित हुँदै आएका छन् ।
चिसो बढ्दै जाँदा बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने, कोल्ड डाएरियासँगै निमोनिया हुने गरेको चिकित्सकहरुले जनाएका छन् ।
स्वास्थ्य संस्थाहरुमा यस्ता बिरामीको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ । दमक आसपासका अस्पतालमा मात्र सयको हाराहारीमा त्यस्ता सङ्क्रमितहरु उपचार गर्न आउने गरेको ती अस्पतालले जनाएका छन्  । त्यसमध्ये अधिकांश निमोनियाका बिरामी छन् ।
यस्तै दमकस्थित आम्दा अस्पतालको आकस्मिक कक्षमा पनि दैनिक २५ जनासम्म बालबालिका उपचारका लागि आउने गरेको आकस्मिक शाखाका इन्चार्ज चन्द्र शाहले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us